रोबोट च्यालेन्जमा नेपाल सहभागी हुने

काठमाडौं- मेक्सिकोमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक फस्र्ट ग्लोबल च्यालेन्जमा नेपालले पनि प्रतिस्पर्धा गर्ने भएको छ । सो प्रतियोगिताको मुख्य प्रतियोगीका रुपमा नेपालबाट शिशिर विश्वकर्मा, पृथ्वी चौधरी, सजिन श्रेष्ठ, सार्थक सेनले प्रतिस्पर्धा गर्ने भएका छन् ।
१४ देखि १८ वर्षसम्मका विद्यार्थीले मात्र भाग लिन पाउने यस ओलम्पिकमा टिम नेपाललाई निर्देशन रोबोटिक्स एसोसिएसन अफ नेपालका सचिव बिनोद कँडेलले गरेका छन् । श्रावण २९ गतेदेखि भाद्र २ गते १६९ राष्ट्रका प्रतिस्पर्धीसँग नेपालले आफ्नो प्रतिभा देखाउने छ ।
सबै प्रतिस्पर्धीहरु तयार भइसकेको आयोजकले बताएका छन् । प्रतिस्पर्धाको लागि चाहिने रोबोट १५ दिनअघि नै तयार भइसकेको छ । टिम नेपाल प्रतिस्पर्धामा राम्रो स्थान हासिल गर्नेमा ढुक्क रहको आयोजकले दाबी गरेका छन् ।
रोबोटिक्स एसोसिएसन अफ नेपालले अन्तर्राष्ट्रिय स्तरको रोबोटिक्स प्रतियोगिता यन्त्र कला, विज्ञान र प्रविधि महोत्सवबाट विगत ८ वर्षदेखि गर्दै आएको छ । रोबोटिक्स प्रतियोगितामा द्रोण रेसिङ, रोबोट फाइट, अटोमेटिक तथा मेनुअल, रोबोट फूटबल तथा दैनिक जीवनमा प्रयोग गर्ने रोबोटको प्रतियोगिता गर्दै आएको छ ।