यूएफओ पत्ता लगाउन करोडौ डलर

वर्षौदेखि यूएफओ देखेको खबर हामीमाझ आउदै गरेको छ । यो अवस्थामा अमेरिकाले उडनतस्तरीको बारेमा जानकारी पाउनका लागि गोप्य कार्यक्रम चलाउदै आएको पनि थियो ।
न्यूयोर्क टाइम्सका अनुसार पूर्व सिनेटर ह्यारी रीडको अनुरोधमा कार्यक्रमको यो कोष स्वीकृत गरिएको थियो ।
अमेरिकी रक्षा विभागबाट प्राप्त जानकारी अनुसार २००७ मा सुरु गरिएको यो आयोजना २०१२ मा बन्द गरिएको थियो । यो अभियानको बारेमा थोरै अधिकारीलाई मात्र जानकारी थियो । सेवा निवृत्त डेमोक्र्याट सिनेटर ह्यारी रिडले सञ्चार माध्यमलाई यो कार्यक्रमलाई आफूले निरन्तरता दिन खोजेको बताएका छन् ।
तर पछि खर्च बढेका कारण यो कार्यक्रमलाई रोकिएको थियो । रक्षा विभागले २ करोड डलर यो आयोजनामा खर्च गरिसकेको बताइएको छ ।