Logo

नेपाल बंगलादेश बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

नेपाल बंगलादेश बैंक र सगरमाथा इन्स्योरेन्सका बीचमा शुक्रबार बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत एसके रावलले हस्ताक्षर गरेका थिए । यस सम्झौतापश्चात् बैंकका सम्पूर्ण ग्राहकहरूले बैंकका ७१ वटै शाखाहरूबाट छिटो, छरितो तथा सहज रूपमा निर्जीवन बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्