भैरहवामा गोल्डस्टार जुत्ताको बिक्री कक्ष «

भैरहवामा गोल्डस्टार जुत्ताको बिक्री कक्ष

रुपन्देही-किरण सुज कम्पनीबाट उत्पादित गोल्डस्टार ब्रान्डका बिभिन्न जुत्ता तथा हात्तीछाप चप्पलको बिक्री वितरण गर्ने लक्ष्यसहित भैरहवामा एक्सक्लुसिभ शोरुम खुलेको छ । स्थानीय तीन युवाहरू भुवन राणा, रामु गुरुङ र अर्जुन कार्कीको संयुक्त लगानीमा स्थापित एबीआर ट्रेड नेपाल प्रालिले भैरहवा क्षेत्रमा गोल्डस्टार ब्रान्डका सबै जुत्ता बिक्रीको जिम्मा पाएको छ । नेपालको आफ्नै उत्पादन, सुरु देखिनै सबैले मन पराएको कम्पनीबाट उत्पादित गोल्डस्टार ब्रान्डका जुत्ता, चप्पल बिक्री वितरणको जिम्मा पाएका छौं, यस क्षेत्रका उपभोक्ताले अब खोजे तथा रोजेअनुसारका गोल्डस्टारका जुत्ताचप्पल सुपथ मूल्यमा पाउनुहनेछ, एबीआरका सञ्चालक भुवन राणाले भने । भैरहवामा सञ्चालित शोरुम गोल्डस्टारको ११ औं हो ।
गोल्डस्टार ब्रान्डका बिभिन्न १ सय ५० भन्दा बढी मोडलका जुत्ताहरू नेपालमा मात्र नभई भारतमा समेत लोकप्रिय रहेको र कम्पनीको भैरहवा क्षेत्रमा आधिकारीक विक्रेता नियुक्त गरी आफ्नै बिक्री कक्ष सञ्चालनमा आउँदा आम उपभोक्ताले गोल्डस्टारका गुणस्तरीय जुत्ताहरू सुपथ मूल्यमा प्राप्त गर्ने र ६ महिना वारेन्टीका साथ बिक्री बितरण हुँदा आमसर्वसाधारणलाई थप सजिलो हुने सञ्चालक सदस्य रामु गुरुङले जनाए ।
यो कम्पनीबाट उत्पादित जुत्ताको हालको मूल्य सबैभन्दा सस्तोमा ४ सय ५० रुपैयाँदेखि बढीमा २ हजार रुपैयाँसम्म रहेको सञ्चालक अर्जुन कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्