सन नेपाल लाइफ इन्स्योरेन्स दाङको उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम «

सन नेपाल लाइफ इन्स्योरेन्स दाङको उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम

सन नेपाल लाइफ इन्स्योरेन्स दाङ शाखाले शनिबार उत्कृष्ट तथा वरिष्ठ अभिकर्ताहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सम्मानपत्र दिँदै कम्पनीको हालसम्म कै उपलब्धि, बिमासम्बन्धी भइरहेका योजना र आगामी दिनमा ल्याउने योजनाको बारेमा उपस्थित सहभागीहरूलाई जानकारी गराएका थिए ।
राष्ट्रिय कलाकार तथा यस कम्पनीका ब्रान्ड एम्बेस्डर एवं सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) ले मानिसको मृत्यु अनिश्चित भएको हुनाले आफ्नो र आफ्नो परिवारको सुरक्षाका लागि हरेक व्यक्तिले बिमा गराउनुपर्छ भन्ने भनाइ राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्