रोल्पाका स्थानीय सडक अवरुद्ध «

रोल्पाका स्थानीय सडक अवरुद्ध

रोल्पा-रोल्पाका स्थानीय सडक वर्षापछि अवरुद्ध भएका छन् । जिल्ला सदरमुकामबाट गाउँगाउँ जाने सडक पहिरो खसेपछि अवरुद्ध हुन पुगेका छन् । चालू आवमा पनि रोल्पाका १० वटै स्थानीय तहले अधिकांश बजेट सडक विस्तारमा छुट्याएका छन् । स्थानीय जनताको भन्दा पनि नेताका चाहनाअनुसार प्राविधिक सर्भे बिनै गाउँगाउँमा सडक विस्तार गर्दा करोडौं बजेट बालुवामा पानी हालेजस्तै भएको स्थानीय बताउँछन् । यस्तो प्रवृत्तिले विकासभन्दा पनि विनास हुने गरेको उनीहरूको गुनासो छ । जिल्लामा वर्षेनी सडक निर्माण र स्तरोन्नतिका लागि करोडौं बजेट खर्च हुने गरे पनि जिल्लाका अधिकांश आन्तरिक सडक प्रयोगमा नै आउन सकेका छैनन् । स्तरोन्नति गरिएका केही सडक वर्षायाममा अवरुद्ध हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्