Logo

जनसेवी लघुवित्तको त्रैमासिक समीक्षा तथा रणनीतिक गोष्ठी सम्पन्न

पर्वत जिल्लाको कूश्मामा केन्द्रीय कार्यालय रही हाल १० जिल्लामा २१ वटा शाखा कार्यालयमार्फत लघुवित्त कार्यक्रम विस्तार गर्न सफल जनसेवी लघुवित्त वित्तीय संस्थाको आव २०७४/७५ को वार्षिक समीक्षा तथा आव २०७५/७६ को रणनीतिसम्बन्धी १ दिवसीय गोष्ठी पोखरामा सम्पन्न भयो । यस वित्तीय संस्थाका अध्यक्ष विकास गौचनको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष र पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीद्वयले संयुक्त रूपमा गरेका थिए । प्रमुख अतिथि नीलकण्ठ उप्रेतीले संस्थाको प्रगतिका लागि सञ्चालकहरू, व्यवस्थापन र शाखा प्रवन्धकलगायत सम्पूर्ण कर्मचारीहरूलाई अनुशासित भई कार्य गर्नुपर्ने सुझाव दिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष विकास गौचनले शाखा प्रवन्धकहरूलाई संस्थाको पक्षमा निरन्तर लागिरहन, कर्जा निक्षेप बढाउनका साथै आव ०७५/७६ का लागि प्रक्षेपण गरिएको कर्जा लगानी ८४ करोड र नाफा २ करोड रुपैयाँ पु¥याउन तनमनले लाग्न प्रोत्साहित गर्दै कर्मचारीहरूको सेवा सुबिधा बढाइने, राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्ने कुरा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्