Logo

प्रधानमन्त्री पार्कको तयारी

तेह्रथुम-जिल्लाको छथर गाउँपालिकाले देशकै पहिलो प्रधानमन्त्री पार्क निमार्णका लागि योजना तयार गरेको छ । पार्क निमार्णका लागी गाउँपालिकाले तेश्रो गाउँसभामा रकम विनियोजनसमेत गरेको छ । छथरलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्ने उद्देश्यका साथ पार्क निमार्णका लागी योजना तयार गरिएको गाउँपालिकाका प्रमुख सन्तवीर लिम्बुले बताए । गाउँपालिकाको आर्थिक वर्ष २०७५-७६ को बजेटबाट पार्क निर्माणको काम थाल्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लिम्बुले बताएका छन् । पार्कमा नेपालका हालसम्मका सबै प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिने भएको छ ।
पार्कभित्र आकर्षक बोटविरुवा र पूर्वाधारसमेत तयार गरी गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने उदेश्यले पार्क निर्माणको योजना बनाइएको उनले बताए । गाउँपालिकाले आगामी तीन वर्षमा निर्माण पूरा गर्ने गरी पहिलो वर्ष १० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । पार्क निर्माणका लागि पहिलो वर्ष डीपीआर तयार गरी काम सुरु गरिने प्रवक्ता नेपालीको भनाइ थियो । गाउँपालिकामा धार्मिक र ऐतिहासिक महत्वका स्थल भएपनि यस्तो प्रकृतिको ऐतिहासिक पार्क कतै पनि निर्माण नभएकाले पार्क निर्माणको योजना अघि सारिएको गाउँपालिकाका अध्यक्ष लिम्बुले बताउँछन् । गाउँपालिकाले आर्थिक वर्ष २०७५र७६ मा उक्त पार्कका लागि ९० लाख विनियोजन गरेको छ । पुँजीगततर्फको बजेटबाट गाउँपालिकाले पर्यटन क्षेत्रका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेको हो । गत वर्ष गाउँपालिकाले पर्यटन क्षेत्रमा ४० लाखमात्रै खर्च गरेको थियो ।
गाउँपालिकाले भ्यू–टावर निर्माण, साततले धामको पूर्वाधार विकास, च्याङलुङ गुफा, पिकनिक स्थल, चिल्डे«न पार्क, सहिद पार्क र भ्यू–पार्क निर्माण लगायत योजनाका लागि ९० लाख विनियोजन गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रका रहेको छथरलाई पर्यटकीय गन्तब्यको रूपमा बिकास गर्न गाउँपालिकामा रहेका ऐतिहासिक स्थनहरूका साथै सम्भावना रहेको स्थलहरूलाई पहिचान गरी प्रचार प्रसारका साथै योजना निमार्ण तय गरी काम गर्दै आएको गाउँपालिकाले जनाएको छ । संरक्षण तथा प्रचार अभावका कारण ओझेलमा पर्दै आएका पर्यटकीय स्थानहरूलाई दिर्घकालिन रूपमा योजना निमार्ण गरी कार्यक्रम अगाडी लैजाने तयारी रहेको गाउँपालिका प्रमुख लिम्बुले बताए । छथरलाई पर्यटकीय गन्तब्यको रूपमा बिकास गर्न सके आर्थिक रूपमा समृद्ध गाउँपालिका निमार्णका टेवा पुग्ने यहाँका स्थानीयहरूले बताउने गरेका छन ।
कोशी राजमार्ग सँगै जोडिएको सिधुवा सुक्रबारे ९ किलोमिटर रहेको छथर क्षेत्रमा रहेका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरूको आगमन सुरु हुन थालेको छ । हरियाली बनपाखा सँगे मनोरम हिमश्रृङखलामा रमाउँदै तमोर नदीको कलकल पानीको बह सँगै बग्ने गरेका छन पर्यटकहरू । तेह्रथुम,धनकुटा र पान्थरको सिमावर्ती क्षेत्रका रहेको छथर क्षेत्रलाई पर्यटकीय गन्तब्य निमार्णका निम्ति सरोकारवालाको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्