क्षेत्रीय होटल संघ दोलखामा पाठक «

क्षेत्रीय होटल संघ दोलखामा पाठक

दोलखा-क्षेत्रीय होटल संघ दोलखाको अध्यक्षमा रञ्जितकुमार (सन्तोष) पाठक अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न क्षेत्रीय होटल संघको दोस्रो अधिवेशनले पाठकलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । पाठकको अध्यक्षतामा अधिवेशनले १३ सदस्यीय क्षेत्रीय कार्यसमितिसमेत सर्वसम्मत निर्वाचित गरेको हो ।
निर्वाचित समितिको उपाध्यक्षमा सिताराम घिमिरे, सचिवमा प्रकाश बुढाथोकी, कोषाध्यक्षमा सदिपबाबु श्रेष्ठ निर्वाचित भएको होटल संघ दोलखाले जनाएको छ । यसैगरी सदस्यहरूमा गणेशविक्रम शाही, पुष्कर अधिकारी, रोशन श्रेष्ठ, पुष्कर बस्नेत, जीवनबहादुर बस्नेत, नवीना लामा गोले, निमा शेर्पा, शक्ति थापा र सन्तविर तामाङ रहेको नवनिर्वाचित भएका छन् ।
दोलखामा होटलहरूको संख्या वृद्धि हुँदै गएपछि व्यवसायीहरू संगठित भएका हुन् । यसअघि सक्रिय होटल व्यवसायीहरू ०७२ वैशाखको भूकम्पपछि संगठन निष्क्रिय थियो । होटलको संख्या हरेक महिना बढ्दै छ । नयाँ–नयाँ व्यवसायीहरूसमेत बढ्दै छन् ।

क्षेत्रीय होटल संघ दोलखाको अधिवेशनमा भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले अब चरिकोटको व्यवसायह होटल नै भएको बताए । राज्य पुनः संरचनापछि सदरमुकामको सौदर्यता कायम राख्न पर्यटन प्रबद्र्धन नै भएको बताए । जिल्ला छिर्ने पर्यटकहरूका लागि पहिलो सम्पर्क नै होटल भएकाले आफ्नो संस्कार राम्रो बनाउन आग्रह गरे । काठमाडौंबाट चरिकोट आउने खाडीचौर–चरिकोट सडक अहिले खराब भए तापनि हिउँदसम्म राम्रो हुने बताए । मेयर केसीले हरेक व्यवसाय गर्ने हुनेले अब सामाजिक उत्तरदायित्व पनि नविर्सन आग्रह गरे ।
भीमेश्वर नगरपालिकाले चरिकोट बजारमा नक्सापास बिना बनेका संरचना हटाउन लागेको जानकारी गराउँदै फुटपाथ बनाउने बताए । बिना स्वीकृत राखिएका होर्डिङ बोर्डहरू तत्कालै हटाउने बताए । विज्ञापन गर्नका लागि सशुल्क छुट्टै ठाउँको व्यवस्था गर्ने जानकारी दिए । चरिकोटमा रहेका बैंकहरूले आफ्नो शाखाको आम्दानीको १ प्रतिशत आफ्नो कार्यक्षेत्रमा सामाजिक विकासका लागि काम गर्न समेत आग्रह गरे ।
आफू आँने बित्तिकै १० बजेसम्म खुल्ने व्यवस्था गरेका होटल यसको प्रतिक्रियाका आधारमा समय बढाउन पनि सकिने बताए । उनले होटलका सेवा बढाउन र राम्रो संस्कार विकास गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्