अमलेखगन्ज पाइपलाइन विस्तार रोकियो

बारा-मोतीहारी अमलेखगन्ज पाइपलाइन विस्तार कार्य पूर्णरूपले ठप्प बन्न पुगेको छ ।
आरक्षको बन, ६ लेन सडक, मानब बस्ती, र वर्षातका कारण पाइपलाइन विस्तार कार्य पूर्णरूपमा ठप्प बन्न पुगेको हो । पथलैयादेखि अमलेखगन्जसम्मको घना वन क्षेत्र, पथलैया वीरगन्ज व्यापारिक मार्गका निर्माण साम्रग्री र जितपुरका घना बस्तीका कारण पाइपलाइन विस्तारमा प्रभावित भएको बताउँदै मोतीहारी अमलेखगन्ज पेटोलियम पाइपलाइन परियोजनाका इन्जिनियर शरद पौडेलले भने अहिले वर्षातका कारण काम झन ठप्प बनेको छ ।
पाइपलाइन विस्तारका लागि रक्सौल सीमादेखि वीरगन्जको रजत जयन्ती चोकसम्म रेखांकन गरिए पनि सफा गर्ने हटाउने काम गरिएको छैन भने रजत जयन्ती चोकदेखि गण्डकसम्म सडक क्रस र चोकहरूमा अबरुद्ध भएको छ त्यस्तै पथलैयादेखि वीरगन्जसम्मका पुलहरूमा अण्डर ग्राउन्ड गर्ने काम सुरु हुन सकेको छैन ।
यद्यपि रक्सौलदेखि नेपालको क्षेत्रभित्र ३६.२ किमिमध्ये १६ किमी पाइप बिच्छयाइएको छ भने मोतीहारीबाट रक्सौल ३३ं.७ मध्ये २४ किमि पाइप बिच्छाइएको परियोजनाले जनाएको छ । पुलहरूमा अण्डर ग्राउन्ड गरेर पाइप बिच्छयाउने भारतीय टोलीहरू नेपाल आइसकेको बताउँदै पौडेलले अब चाँडै संयुक्त रूपमा काम अगाडि बढ्ने बताए ।
बाँकी १५ महिनाको अबधिमा वन कटान गरी पाइप बिच्छयाउनु परियोजनाको ठूलो काममध्ये एक हो ।
परियोजनाले पथलैथादेखि अमलेखगन्जसम्मको ८.५ किमि जंगल वातावरणीय प्रभाव मूल्यांकन समितिको रिपोर्ट वातावरण मन्त्रालयमा बुझाएर मन्त्रालयले अन्तिम सूचना निकाली सकेको परियोजनाले जनाएको छ । पुरानो सम्झौता अनुसार रक्सौल अमलेखगन्ज पाइपलाइन २ सय ७५ करोड भारतीय रुपैयाँ लाग्ने र नेपालले २५ प्रतिशत बेर्होर्नु पर्ने रहे पनि स्टेसन नै मोतीहारी रहेपछि मोतीहारी अमलेखगन्ज परियोजना सिर्जना हुँदा यसको लागत प्रतिकिलोमिटर ५ करोड रुपैयाँ रहेको परियोजनाले जनाएको छ । भारतको फरिदाबादस्थित मोतीप्रभा कम्पनीले मापदण्डअनुसार पुनर्निर्माण थालेको छ ।