सीमावर्ती क्षेत्रमा आवागमन सहज बनाउन भारतसंग आग्रह «

सीमावर्ती क्षेत्रमा आवागमन सहज बनाउन भारतसंग आग्रह

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको नेतृत्वमा भारत गउको टोलिले भारतीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग एक समारोहका बीच भेटघाट तथा छलफल गरेको छ ।
भेटघाटको क्रममा संघका अध्यक्ष शर्माले रक्सौल रेल्वे क्रसिङ्गले गर्दा नेपाल भारत दुवै मुलुकका पर्यटक लगायत सर्वसाधारणलाई दिनहुँजसो घण्टौं जाममा बस्नुपर्ने बाध्यता रहेकोले रक्सौल रेल्वे क्रसिङ्गमा आकाशे पुलको निर्माण तथा मोतिहारी–पिपराकोठी–रक्सौल राजमार्गलाई यथाशीघ्र चार लेनको रुपमा स्तरोन्नति गर्न आग्रह गरेका छन् । यस्तै, उनले रक्सौल कस्टम नजिकको मितेरी पुलमा लाग्ने गरेको जामलाई हटाउन समानान्तर पुलको निर्माण गर्न, रक्सौल तथा आसपासका सडकहरुलाई फराकिलो पार्न, सीमावर्ती शहर रक्सौललाई भौतिक पूर्वाधार सहितको शहरको रुपमा विकसित तुल्याउन तथा आन्तरिक उडानको लागि रक्सौलको विमानस्थल सञ्चालनमा ल्याउन पहलका लागि पनि मन्त्री गडकरीसँग आग्रह गरे ।
सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले सीमावर्ती शहर रक्सौल तथा आसपासका सडकहरुलाई फराकिलो पार्न, रक्सौल रेल्वे क्रसिङ्गमा आकाशे पुलको निर्माण तथा मोतिहारी–पिपराकोठी–रक्सौल राजमार्गको स्तरोन्नति, रक्सौलको विमानस्थललाई यथाशीघ्र सञ्चालनमा ल्याउनको लागि आपूmले गम्भीरताका साथ पहल गर्ने बताए ।
भेटघाटको क्रममा सीमावर्ती क्षेत्र (बेतिया) भारत, विहारका सांसद सञ्जय जयसवाल तथा नेपाल भारत सहयोग मञ्का केन्द्रीय अध्यक्ष तथा संघका पूर्व अध्यक्ष अशोककुमार वैधको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्