अन्ट्रप्रनर्स नेपालको ‘फिन–टिच’ «

अन्ट्रप्रनर्स नेपालको ‘फिन–टिच’

काठमाडौं-अन्ट्रप्रनर्स नेपालले फाइनान्सियल टिच (फिन–टिच) नामक कार्यक्रम ल्याउने भएको छ । ४ वर्षको अनुसन्धानपछि विद्यालय स्तरको पाठ्यक्रम नै डिजाइन गरेर कार्यक्रम ल्याउन लागेको हो ।
वित्तीय साक्षरता बढाउने उद्देश्यअनुरूप सञ्चालन भएको फिन–टिच कार्यक्रमका लागि करिब १५ करोड रुपैयाँ लगानी भएको अन्ट्रप्रनर्स नेपालले जनाएको छ । सन् २०१४ मा स्थापना भएको अन्ट्रप्रनर्स नेपालले उद्यमशीलता विकाससम्बन्धी काम गर्दै आएको थियो । नेपालले अनुसन्धानको क्रममा धेरैजसो नेपाली युवा युवतीहरू वित्तीय साक्षरता अभावका कारण उद्यमशीलतामा सफलता हासिल गर्न नसकेको निष्कर्ष पत्ता लागेपछि ‘फिन–टिच’ कायक्रम गर्न लागेको हो ।
अन्ट्रप्रनर्स नेपालले ‘साक्षर मात्र होइन वित्तीय साक्षर बनौं’ भन्ने नाराका साथ २ वर्षको कार्याक्रम गर्ने भएको हो । करिब १५ करोड रुपैयाँको बजेटसहित स्कुल, कलेजदेखि उद्यमशीलतामा लागेका उद्यमीहरूलाई वित्तीय रूपमा साक्षर बनाइने उद्देश्य रहेको अन्ट्रप्रनर्स नेपालले जनाएको छ । विशेष गरी फिन–टिचले ६ देखि ९ कक्षा, ११ र १२ कक्षा र उद्यमशीलतामा लागेका व्यक्तिहरूलाई लक्षित गरेर पाठ्यक्रम डिजाइन गरेको छ । जसले देशभरका स्कुलमा गएर १५ दिन, १ महिना र ३ महिनाको पाठ्यक्रम डिजाईन गरिएको नेपालले जनाएको छ ।
अन्ट्रप्रनर्स नेपालले सबै क्षेत्रका विज्ञ राखेर अनुसन्धान गरी पाठ्यक्रम तयार गरेको हो । सो अनुसन्धान गर्ने विज्ञ समूहमा बैंकिङ, बीमा, युवा उद्यमी, तथा आर्थशास्त्रीहरूको समूह गरेको छ । नेपालका सल्लाहाकार समितिमा त्रिभुवन विश्वविद्यायलय प्रोफेसर राधेश्याम प्रधान, युवा बैंकर मनोज ज्ञवाली, बिमा विज्ञ डा. रवीन्द्र घिमिरे, इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष राजकुमार तिमिलसिना र युवा उद्यमी तथा फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल छन् ।

प्रतिक्रिया दिनुहोस्