कैलाली बहुमुखी क्याम्पस परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर «

कैलाली बहुमुखी क्याम्पस परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर

कैलाली जिल्लाको कैलाली बहुमुखी क्याम्पसमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टरको शुभारम्भ सोमबार कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले औपचारिक उद्घाटन गरे । कृषि विकास बैंक क्षेत्रीय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक बैंकिङ कार्यालय क्याम्पसरोड प्रबन्धक जगदीश पन्तले गरेका थिए ।
कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूलाई एटीएम, एसएमएस, मोबाइल बैंकिङ सुविधा निःशुल्क प्रदान गर्न निर्देशन दिनुका साथै स्थानीय जनता र क्याम्पसको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरूमा गुणस्तरीयता वृद्धि गर्दै लग्ने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले प्रकाश पारे । त्यस्तै गरी बैंकका कामु उप–महाप्रबन्धक प्रताप सुवेदीले देशका युवा शक्तिलाई कृषि विकास बैंक प्रतिआकर्षण गर्ने गरी आफना सेवाहरूमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलब्ध गराउने भनी प्रकाश पारे ।
कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख धु्रवचन्द्र गौतमले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई शार्थक बनाउने कार्यमा बैंकिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहने र यस एक्सटेन्सन काउन्टरले देशको आर्थिक विकासमा टेवा पु-याउन तथा उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै बैंकले सबै नेपालीहरूको घर आँगनको बैंकका रूपमा कार्य गरेको विषयमा प्रकाश पारे भने कृषि विकास बैंक क्षेत्रीय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा कम्यापसमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरूलाई उपलब्ध गराउन सक्ने बैंकिङ सेवाका बारेमा प्रकाश पारे ।

प्रतिक्रिया दिनुहोस्