सेञ्चुरी कमर्सियल बैंकको थप तीन नयाँ शाखा «

सेञ्चुरी कमर्सियल बैंकको थप तीन नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ पहुँच थप जनता माझ पु-याउने उद्देश्यसहित विभिन्न स्थानहरूमा आफ्नो शाखा कार्यालयहरू विस्तार गर्दै जाने क्रममा चितवन जिल्लाको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको वीरेन्द्र बजारमा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ ।
उक्त शाखा कार्यालयहरूको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरे । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधिहरू, स्थानीय व्यवसायीहरू तथा बैंकका अन्य वरिष्ठ पदाधिकारीको पनि उपस्थिति रहेको बैंकले जनाएको छ । नयाँ शाखा कार्यालयहरूमार्फत बैंकले आफ्ना ग्राहकहरूलाई कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखा र २ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय १३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ भने बैंकको गत असार मसान्तमा कुल निक्षेप ६१ अर्ब ३२ करोड तथा कुल कर्जा ५५ अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्