ट्वीटरमा ट्रम्प र न्यूयोर्क टाइम्सका सम्पादकबीच घम्साघम्सी «

ट्वीटरमा ट्रम्प र न्यूयोर्क टाइम्सका सम्पादकबीच घम्साघम्सी

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा न्यूयोर्क टाइम्सका सम्पादक ए जी सल्जबर्जर आइतबार ट्वीटरमा एक आपसतमा भिडेका छन् । राष्ट्रपति ट्रम्पले २० जुलाईमा सल्जबर्जरसँग भएको गोप्य बैठकमा भएको कुराकानी ट्वीटमा सार्वजनिक गरेपछि यो सिलसिला सुरु भएको हो । ट्रम्पले ट्वीटरमा भनेका छन्,“ह्वाइट हाउसमा न्यूयोर्क टाइम्सका सम्पादक ए जी सल्जबर्जरसँग राम्रो वार्ता भएको छ । मिडियाद्वारा झुठा समाचार तथा यस किसिमको समाचारले पु-यायउने नोक्सानीको विषयलाई लिएर लामो कुराकानी भएको थियो ।”
राष्ट्रपति बन्नु भन्दा पहिलेनै ट्रम्पले सार्वजनिक रुपमा मिडियाको आलोचना गर्दै आएका थिए । मैले ट्रम्पलाई ट्वीट गरेर भने,“समाचार मिडयामा उनको बढ्दो हमला देशका लागि खतरनाक तथा हानिकारक हो र यसले हिंसा बढाउछ ।”
सल्जबर्जरका अनुसार बैठकमा टाइम्सका सम्पादकिय पृष्ठका सम्पादक जेम्स बेनेटलाई पनि समावेश गरिएको थियो । ह्वाइट हाउको आग्रह अनुसार यो बैठकलाई गोप्य राखिएको थियो । तर ट्रम्पले यसको बारेमा ट्वीट गरेर सार्वजनिक गरिदिएका छन् । उनले भनेका छन्,“मैले उनलाई चेतावनी दिएको छु कि उनको भड्काउ भाषाले पत्रकारको बिरुद्धमा खतरा बढाउछ र यसले हिंसा हुन सक्छ ।”
अचम्मको कुरा यो छ कि ट्रम्पले आफ्नो देशका पत्रकारलाई देशद्रोही बताउदै आफ्नो समाचारले उनीहरुको ज्यान खतारामा परेको आरोप समेत लगाएका थिए ।
डोनाल्ड ट्रम्पले मुलधारका मिडियामाथि गलत समाचार प्रकाशित गरेको आरोप लगाउदै भनेका छन्,“प्रेसको स्वतन्त्रता सटिकताको समाचार सामग्री प्रकासन गर्ने जिम्मेवारीबाट आउने गर्छ ।” उनले भनेका छन्,“मेरो प्रशासनको ९० प्रतिशत मिडिया कभरेज नकारात्मक छ । जबकी हामी सकारात्मक नतिजा हासिस गरिरहेका छौ ।”
अमेरिकी राष्ट्रपतिले विफल न्यूयोर्क टाइम्स तथा अमेजन वासिङटन पोष्टले अत्यन्त सकारात्मक उपलव्धिलाई पनि नराम्रोको रुपमा समाचार बनाएर प्रकाशित गरेको आरोप लगाएका छन् । उनीहरु कहिले पनि नबदलिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्