अमेरिकी पत्रकार देशद्रोहीःट्रम्प «

अमेरिकी पत्रकार देशद्रोहीःट्रम्प

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका पत्रकारलाई देशद्रोही भएको बताएका छन् । ट्रम्पले ट्वीटमा भनेका छन्,“जब उनीहरुले हाम्रो सरकारको आन्तरिक वार्ताको खुलासा गर्छन् उनीहरु वास्तवमै केवल पत्रकारको मात्रै होइन कैयौ मानिसको ज्यान खतारामा पार्छन् ।”
उनले मुलधारको मिडियामाथि गलत खबर प्रकाशित गरेको आरोप लगाउदै भनेका छन्,“प्रेसको स्वतन्त्रता सटिकताका साथ खबरको रिपोर्ट गर्ने जिम्मेवारीको साथ आउछ ।” उनले भनेका छन,“मेरो प्रशासनको ९० प्रतिशत मिडिया कभरेज नकारात्मक छ । हामी जबर्जस्ती सकारात्मक नतिजा हासिल गरिरहेका छौ । मिडियामाथि रहेको विश्वास हालसम्मकै न्यून स्तरमा रहेको छ ।”
न्यूयोर्क टाइम्स तथा अमेजन वासिङटन पोष्ट राम्रो उपलव्धीको अवश्स्थामा पनि नराम्रो खबर लेख्दै आएको आरोप अमेरिकी राष्ट्रपतिले लगाए । अमेरिकी मिडियाहरु कहिले पनि नबदलिने आरोप उनले लगाए ।

 

प्रतिक्रिया दिनुहोस्