जागिर नापाएपछि सडकमै फालियो रेज्यूम, गुगल सहित २ सय कम्पनीबाट अफर «

जागिर नापाएपछि सडकमै फालियो रेज्यूम, गुगल सहित २ सय कम्पनीबाट अफर

क्यालिफोर्निया-अमेरिकाको सिलिकन भ्यालीमा नोकरी नापएपछि निरास एक वेब डेभलपरले कामकाज खोज्ने अनौठो तरिका अपनाएका छन् । उनले सडकमै आफ्नो रेज्यूम बाड्न सुरु गरे । मानिसले भिखारी नसम्झिउन भनेर उनले हात मा एउटा चिट पनि राखेका थिए । उक्त कागजमा लेखिएको थियो–“घरवारविहिन तर सफलताको भोको । कृपया रेज्यूम लिनुहोस् ।” एक महिलाले उनको रेज्यूमसँगै तस्बिर ट्वीटरमा पोष्ट गरिन र उनको यो पोष्ट भाइरल भएको थियो । यसपछि उनलाई गुगल, नेटफ्लिक्स तथा लिंकडेनबाट समेत करिब २ सय कम्पनीबाट जागिरका लागि फोन आयो ।
नोकरी खोज्दा खोज्दा डेभिड केसारेजको पैसा पनि सकिएको थियो । उनी घर जान चाहदैनथे । तर उनले हार पनि मानेनन् । उनलाई सिलिकन भ्यालीको गल्लीमा रेज्यूम बाड्दै गरेको ज्यासमिन स्काफील्ड नामकी एक महिलाले देखिन । ट्वीटरमा उनको बारेमा गरिएको पोष्टपछि डेभिडलाई नोकरी दिलाउनका लागि केही मानिसले ‘गेट डेभिड अ जब’ अर्थात डेभिडलाई नोकरी दिलाउ ह्यास ट्याग सुरु गरे । डेभिडलाई नोकरी दिलाउनका लागि केही मानिसले ज्यासमिनसँग पनि सीधा सम्पर्क गरेका थिए । तर अहिले उनले डेभिडका लागि प्रसस्त मात्रामा आफर आएको बताएकि छन् ।
डेभिडले टेक्सासको एक विश्वविद्यायलबाट व्यवस्थापनमा डिग्री हासिल गरेका छन् । उनले २०१४ देखि २०१७ सम्म जनरल मोटर्समा काम गरेका थिए । तर उनलाई जागिरबाट निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्