माछापुछ्रे बैंकको ८ नयाँ शाखाको शुभारम्भ «

माछापुछ्रे बैंकको ८ नयाँ शाखाको शुभारम्भ

 माछापुछ्रे बैंकले ८ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले मोरङको जहदा गाउँपालिकास्थित जहदा शाखा कार्यालय, सुनसरीको धरान उपमहानगरपालिकास्थित धरान शाखा कार्यालय, भोजपुरको भोजपुर नगरपालिकास्थित भोजपुर शाखा कार्यालय, रौतहटको चन्द्रपुर नगरपालिकास्थित चन्द्रपुर शाखा कार्यालय, रौतहटकै वृन्दावन गाउँँपालिकास्थित वृन्दावन शाखा कार्यालय, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित डोल्पा शाखा कार्यालय, भोजपुरको टेम्केमैयुङ गाउँँपालिकास्थित टेम्केमैयुङ शाखा कार्यालय, र उदयपुरको कटारी नगरपालिकास्थित कटारी शाखा कार्यालयहरूको औपचारिक सुरुवात गरेको छ ।
उक्त शाखाहरूमा औपचारिक कार्यक्रम गरी शाखाको उद्घाटन गरियो । नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरूलाई कर्जा, निक्षेपलगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्