विश्वकै पाकी महिलाको ११७ वर्षको उमेरमा निधन «

विश्वकै पाकी महिलाको ११७ वर्षको उमेरमा निधन

टोकियो-विश्वकै पाको उमेरकी महिला चियो मियाको को ११७ वर्षको उमेरमा निधन भएको छ । उनको गत साताको आइतबार जापानमा रहेको आफ्नै निवासमा निधन भएको हो । उनको जन्म दक्षिण टोकियोमा १९०१ को २ मे मा भएको थियो । कानागावा प्रान्तले उनको निधनको पुष्टि गरेको हो । मियाको परिवारले उनलाई देवी मान्दै आएको थियो ।
परिवारका अनुसार मियाको मा धेरैनै धैर्य थियो । उनी चलाख पनि थिइन । गिनिज बुक अफ वल्र्ड रिकर्डमा पनि उनको नाम दर्ता भएको छ । किकाई टापुको नाबी ताजिमाको अप्रिल मा निधन भएपछि उनी विश्वकै बढी उमेरको महिला भएकि थिइन् । नाबी तामिजाको ११७ वर्षको उमेरमा निधन भएको थियो । ताजिमाको जापानको एक अस्पतालमा निधन भएको थियो ।
उनी जनवरीमा अस्पतालमा भर्ती भएकि थिइन । उनको जन्म १९०० को अगस्ट ४ मा भएको थियो । जमैकामा सेप्टेम्बरमा ११७ वर्षको उमेरमा वायलैट ब्राउनको निधन भएपछि ताजिमा विश्वकै सर्वाधिक बढी उमेरकी महिला भएकि थिइन् ।
गिनिज बुक अफ वल्र्डका अभिलेख अनुसार जापानका मासाजो नोनाका विश्वकै सर्वाधिक पाको उमेरका पुरुष हुन् । जापानको उत्तरी होककाइडोमा बस्ने नोनाका विश्वकै पाका उमेरका जिवित पुरुष हुन् । जापानको उत्तरी होककामइडोमा बस्ने नोनाकाले बुधबार आफ्नो ११३ औं जन्मदिन मनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्