पत्याउनु हुन्छ ? भेनेजुयलाको मुद्रास्फीति १० लाख प्रतिशत
प्रत्येक दिनको मूल्य वृद्धिका कारण भेनेजुयला विश्व इतिहासकै ठूलो आर्थिक प्रकोपबाट गुज्रने भएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले यसै साता यो ल्याटिन अमेरिकी मुलुक जटिल किसिमको आर्थिक र सामाजिक संकटमा फसेको र मुद्रास्फीतिट यो वर्षको अन्त्यसम्ममा १० लाख प्रतिशत पुग्ने बताएको छ । कोषले भेनेजुयलाको मुद्रास्फीतिको अवस्था १९२३ मा जर्मनी र सन् २००० मा जिम्बावेकोसँग तुलना गरेको छ ।
“हाइपरइन्फ्लेसनले आर्थिक प्रणालीलाई रोकिएको अवस्थामा ल्याउछ । यसले विदेशी लगानीकर्तालाई त्रसित बनाउछ, स्थानिय व्यवसायलाई निरुत्साहित गर्छ, बचतको मूल्य र घरधुरीको ज्यालालाई नस्ट गर्छ । यसरी दीर्घकालिन आर्थिक वृद्धिलाई क्षति पु-याउछ,” लन्डनस्थित फासानाटा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत फ्रान्सेस्को फिलियाले बताए ।
“यसले श्रृंखलाबद्ध त्रुटिको अवस्था सिर्जना गर्छ र पुँजीमाथिको नियन्त्रण अनिवार्य हुन आउछ । यो एक पटक चलायमान भएपछि रोक्नका लागि कनि हुन जान्छ र नीति निर्माताहरुको विश्वसनीयतामा नराम्ररी क्षति पु-याउछ,” उनले थपे ।
“यो गलत आर्थिक व्यवस्थापनको लामो इतिहास हो,” जेपी मोर्गानका उदीयमान बजार कर्जा लगानी विशेषज्ञ सोल्ट पापले बताए ।
भेनेजुयलाको अर्थतन्त्र ठूलो परिमाणमा तेलको निर्यातमाथि निर्भर रहदै आएको छ । कुनै समयमा तेलको निर्यातबाटनै यो मुलुक अति समृद्ध बनेको थियो ।
भेनेजुयलामा विश्वकै ठूलो प्रमाणित तेल भण्डार रहेको छ । देशको समग्र निर्यातमा तेलको हिस्सा ९० प्रतिशतको हाराहारीमा रहदै आएको छ । २०१४ मा तेलको मूल्य ओरालो लाग्न थालेपछि भेनेजुयलाले प्राप्त गर्ने नगको अनुपातमा पनि ठूलो अन्तरले गिरावट आउन थालेको छ । यसले मुलुकमा नयाँ आर्थिक चुनौती थपिदिएको छ ।
२०१३ मा ह्युगो चाभेजको सट्टामा आएको निकोलास माडुरोको शासनले आधिकारिक विनिमय दरलाई अधिक मूल्यांकन गरेको थियो अमेरिकी डलरमाथिको सरकारी पहुँचलाई कडाइ गरेको छ । यसले भेनेजुयलियन नागरिकलाई आफ्नो मुलुकको मुद्रालाई अमेरिकी डलरसँग साट्नका लागि कठिन बनाएको छ । यसले सामानको आयातलाई झनै कडा बनाएपछि विभिन्न उपभोग्य सामानको अभाव हुन थालेको छ ।