साउनमा मासु खपत कम «

साउनमा मासु खपत कम

धनगढी-धार्मिक महिनाका रूपमा परिचित साउनमा अन्य महिनाभन्दा कम मासु खपत हुने गरेको छ । हिन्दू धर्मालम्वीहरूले धार्मिक आस्थाका रूपमा हेरेको महिनामा मासु खपत कम हुने गरेको हो । औसत रूपमा दैनिक २५ सय केजी खपत हुनेमा हाल दैनिकजसो ५ सय केजी मासु खपत हुने गरेको पोल्ट्री तथा माछा–मासु व्यवसायी संघका अध्यक्ष जितेन्द्रप्रसाद यादवले बताए । उनले भने, “हिन्दुहरूले धार्मिक रूपमा लिएको महिनामा माछा–मासु प्रयोग गर्नेको संख्या कम भएका कारण व्यापारमा समेत घाटा भएको छ । व्यापार खस्किँदा संघले तोकेको मूल्यभन्दा कम मूल्यमा माछा–मासु बिक्री गर्नुपर्ने बाध्य रहेको गुनासो पोखे । जिल्लामा १ सय ५५ वटा मासु व्यवसायी पोल्ट्री तथा माछा–मासु व्यवसायी संघमा आबद्ध छन् । जिल्लामा खुल्ला सिमा नाका कारण मासुजन्य पदार्थमात्रै भारतीय बजारबाट लाखौंको आयात हुने गरेको छ ।
७ नं.प्रदेशको अत्तरियामा रहेको जनसमुदायिक पशु तथा कृषि नेपालले सातामा मात्रै ५ ट्रक राँगा तथा भैंसी काठमाडौंमा निर्यात गर्ने गरेको थियो । तर, यो महिनाको पहिलो सातामा दुई ट्रक मात्र राँगा, भैंसी निर्यात गरेको जनसमुदायिक पशु तथा कृषि नेपालका व्यवस्थापक बालकृष्ण भट्टराईले जानकारी दिए ।
उनले भने, “हिन्दुहरूको धार्मिक महिनाका कारण निर्यात निकै नै कम हुने गरेको छ । ७ नंं.प्रदेशको विभिन्न जिल्लाबाट आयात हुने राँगा–भैसीको मौज्दात रकम दिनसम्म हम्मे–हम्मे परेको छ ।”

 

 

 

प्रतिक्रिया दिनुहोस्