रिलायन्स लाइफका अध्यक्षद्वारा शपथ «

रिलायन्स लाइफका अध्यक्षद्वारा शपथ

रिलायन्स लाइफ इन्स्योरेन्सले असार ३२ मा आफ्नो प्रथम वार्षिकसाधारणसभा सम्पन्न गरेको थियो । उक्त साधारणसभाबाट नवनिर्वाचित सञ्चालक समितिले अध्यक्षमा ताराचन्द केडियालाई सर्वसम्मत रूपमा चयन गरेको छ । अन्य सञ्चालकहरूमा भारतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी तथा सुन्दर कँडेल छन् । नवनियुक्त अध्यक्ष ताराचन्द केडियाले बिहीबार बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इं समक्ष पद तथा गोपनीयताको शपथ लिई आफ्नो पदभार ग्रहण गरे ।

 

प्रतिक्रिया दिनुहोस्