फेडले फेरि ब्याजदर बढायो

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशतले बढाएको छ । यो ब्याजदर वृद्धि यो वर्षको तेस्रो पटक हो । अमेरिकी अर्थतन्त्रमा ठोस वृद्धि भएका कारण यो अपेक्षित ब्याजदर वृद्धि गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
अधिकारीहरूले आफ्नो आर्थिक प्रक्षेपण पनि बढाएका छन् । यो वर्ष र आगामी वर्ष अमेरिकाको जीडीपी २.५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।
आगामी वर्ष तीन पटक ब्याजदर वृद्धि हुने अपेक्षा फेडले गरेको छ । यो अघिल्लो प्रक्षेपणसँग अपरिवर्तनीय हो ।
ब्याजदर बढाउने निर्णयले कर्जाको लागत बढाउनेछ । यसले वित्तीय संकटको समयमा अत्यधिक न्यून रहेको ब्याजदरबाट धेरै बढी पुर्याउने फेडले जनाएको छ । वित्तीय संकटको समयमा आर्थिक गतिविधि उकास्नका लागि फेडले ब्याजदर अत्यन्त न्यून कायम गरेको थियो ।
फेडले बेन्चमार्क दरका लागि १.२५ देखि १.५० प्रतिशतसम्मको लक्ष्य निर्धारण गरेको छ । तर, बहुसंख्यक अधिकारीहरूले आगामी वर्ष ब्याजदर २ प्रतिशतभन्दा माथि हुनुलाई उपयुक्त मानेका छन् ।
अर्थतन्त्र मजबुत बनेसँगै नीतिमा यो रूपान्तरण आएको हो ।
पछिल्लो त्रैमासमा अमेरिकी आर्थिक उत्पादन वार्षिका दरका आधारमा ३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यसैगरी बेरोजगारी दर गत महिना ४.१ प्रतिशतमा झरेको थियो । बेरोजगारी दरको यो अवस्था २००१ देखिकै न्यून हो ।
आगामी फेब्रुअरीमा पदभार सकिने फेड अध्यक्ष जानेट येलनले अर्थतन्त्र, श्रम बजार र वित्तीय प्रणाली आफ्नो निगरानीमा बलियो तरिकाले वृद्धि भएको बताएकी छन् ।