मेगा बैंकको ‘मेगा मेहन्दी उत्सव’ «

मेगा बैंकको ‘मेगा मेहन्दी उत्सव’

मेगा बैंक नेपाल लिमिटेडले मेगा मेहन्दी उत्सव मनाएको छ । महिला ग्राहकहरूका लागि मेगा बैंकले पहिलोपटक मेहन्दी उत्सव आयोजना गरेको हो । साउन महिनाभर चल्ने यो उत्सवमा ग्राहकहरूले मेगा बैंकका बिभिन्न शाखाबाट निःशुल्क रूपमा आकर्षक मेहन्दी लगाउन सक्ने बैंकले जनाएको छ । बुधबार मेगा बैंकको राइजिङ मलस्थित मुख्य शाखामा मेहन्दी लगाउन ग्राहकहरूको भीड थियो । मेहन्दी उत्सव आयोजना गरेकोमा बैंकलाई धन्यवाद दिँदै ग्राहकहरू मेहन्दी लगाउन व्यस्त थिए ।
यो उत्सव मेगा बैंकका राजधानी र राजधानी बाहिरका हरेक शाखामा पालैपालो हुनेछ । इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरेर आकर्षक मेहन्दी लगाउन सक्ने मेगा बैंकले जनाएको छ । मेगा बैंकले नेपाली नारीहरूलाई लक्षित गरी यस्ता सांस्कृतिक र सामाजिक अभियान सञ्चालन गर्नुका साथै नारी सिर्जनशील बचत खाता र मेगा जीवनसाथी बचत खाता जस्ता आकर्षक बचत योजना पनि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्