भारतीय सीमानाबाट अमेरिकन पेस्तोलसहित पक्राउ

रौतहट: प्रहरीले अत्याधुनिक पेस्तोलसहित एकजनालाई नेपाल-भारत सीमानाबाट पक्राउ गरेको छ ।
प्रहरीले रौतहटको सखुअवा गाविस-५ बस्ने २५ वर्षीय लालबाबु ठाकुरलाई मेड इन युएसए लेखिएको एकथान पेस्तोल र त्यसको म्याग्जिन १ थानसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई सखुअवा-८ मा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त पेस्तोल र म्याग्जिन बरामद भएको थियो ।
पक्राउ परेका ठाकुरलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।