ओप्पो बुगीवुगीद्वारा टप थ्री फाइनलिस्टको घोषणा «

ओप्पो बुगीवुगीद्वारा टप थ्री फाइनलिस्टको घोषणा

ओप्पोद्वारा प्रमुखप्रायोजन गरिएको नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगीवुगीसिजन–१ कार्यक्रमको अन्तिम चरणमा आइपुगेको छ । शुक्रवार दर्शक भोटिङका आधारमा कार्यक्रम मार्फत अन्तिम ३ प्रतिस्पर्धीका रुपमा कविता नेपाली, प्रगती पुन र सरोज मोक्तान छनोटमा परेका छन् । अब आगामी शनिबार आयोजनाहुने फाइनल राउण्डमा आफ्ना उत्कृष्ट नृत्य प्रदर्शनीका साथमादर्शको मन जित्दै भोट बटुल्न ‘टप थ्री’बिच प्रतिस्पर्धा हुनेछ । ‘नेपालकायूवाप्रतिभालाई प्रतिभा प्रस्फुटनका लागि नयाँमञ्च प्रदानगर्दै नेपाललाई सम्भावना बोकेका नयाँकलाकार पस्कने कार्यमा सफलताले हामीनिकै प्रोत्साहित छौँ भन्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले एपीवानसंगको सहकार्य मार्फत अघिल्लो बर्ष नेपाल आयडल र यस बर्ष बुगीवुगीमार्फत सफलतापूर्वक कम्पनीले देशलाई धेरै यूवाकलाकार दिन सफल भएको बताए ।
आपो बुगीवुगीकाविजेताले नगद रु २५ लाखप्राप्तगर्नेछन् । त्यसैगरी, दोस्रो हुनेलाई रु ६ लाख र तेस्रो हुनेले रु ४ लाख पुरस्कार स्वरुपप्राप्तगर्ने आयोजकले जानकारी दिएको छ । ‘कार्यक्रमको शुरुवातगर्दा हामीले मात्रएकजनाविजेतालाई रु २५ लाखनगद पुरस्कार स्वरुपदिने निर्णय गरेका थियौँ । तर, हामीले भरखरै दोस्रो र तेस्रो हुनेलाई पनिखालिहातनहोस् भन्ने तिर ध्यानदिएर तिनकालागिपनि पुरस्कार राशीको ब्यवस्था गरेका हौँ ।’कार्यक्रमकानिर्देशकएलिनश्रेष्ठले भने,‘ अन्तरराष्ट्रिय स्तरमै कार्यक्रम सञ्चालनगर्न सकेकोमाहामीनिकै गौरवान्वित छौँ । ओपोसंगको सहकार्यद्वारा सञ्चालितकार्यक्रमले उपलब्ध गराएको प्ल्याटफर्म मार्फत सबै सहभागीको भविष्यउज्वलहोस् भन्नु नै हाम्रो चाहनाहो ।
कार्यक्रमको अन्तिमप्रतिस्पर्धा र विजेताको घोषणा यही अगष्ट ४मादर्शकको भोटका आधारमागरिने छ ।

प्रतिक्रिया दिनुहोस्