ललितपुर प्रहरीलाई सिटिजन्स बैंकको सहयोग «

ललितपुर प्रहरीलाई सिटिजन्स बैंकको सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले सोमबार महानगरीय प्रहरी परिसर, ललितपुरलाई ७ लाख २० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले ७ लाख २० हजार रुपैयाँको चेक महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐरलाई हस्तान्तरण गरे ।
प्रत्येक महिनाको पहिलो हप्ता महिनाको उत्कृष्ट प्रहरी ललितपुर कार्यक्रम सञ्चालनका निम्ति सिटिजन्स बैंक इन्टरनेसनलले हरेक महिना तीन विधामा अपराध अनुसन्धान तथा कारबाही, प्रहरी परिचालन तथा शान्ति सुरक्षा व्यवस्थापन र जनमैत्री सामाजिक सचेतनामूलक कार्यक्रम पुरस्कृत हुने १–१ जना प्रहरी कर्मचारीलाई जनही २० हजार रुपैयाँको दरले एक वर्षका निम्ति जम्मा ७ लाख २० हजार रुपैयाँ मात्र प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्