सरकारविरुद्ध कांग्रेसको प्रदर्शन जारी «

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन जारी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार पनि प्रदर्शन गरेको छ । घोषित विरोध कार्यक्रमअन्तर्गत उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला कार्यसमितिको अगुवाइमा माइतीघरदेखि बानेश्वरसम्म सरकारको विरुद्धमा जुलुस निकालिएको हो ।
प्रदर्शनका क्रममा उनीहरुले डा. गोविन्द केसीको माग पूरा गर्न माग गर्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्को नारावाजी गरेका थिए । प्रदर्शनपछि आयोजित विरोध सभालाई कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, भक्तपुर जिल्ला कार्यसमिति सभापति दुर्लभ थापा र ललितपुर जिल्ला सभापति मदन आमात्यले ओली नेतृत्वको सरकार अधिनायकवादको बाटोमा अग्रसर रहेको भन्दै सरकारलाई प्रजातन्त्रमा प्रतिवद्ध रहन चेतावनी दिए । उनीहरुले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार अघि बढ्न सरकारलाई सचेत गराउँदै अनसनरत डाक्टर गोविन्द केसीको माग तत्काल पूरा नगरिए अझ कडा आन्दोलन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्