नेपाल बैंकका ९ शाखा स्थापना, थप २८ खुल्ने «

नेपाल बैंकका ९ शाखा स्थापना, थप २८ खुल्ने

नेपाल बैंक लिमिटेडले नेपाल सरकारको वित्तीय पहँुंच तथा समावेशिता अभिवृद्धि गर्ने नीतिमा सघाउन देशका अति दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तार गर्ने क्रममा गत आर्थिक वर्षमा पाल्हिनन्दन (नवलपरासी पश्चिम) घर्तीगाउँ (रोल्पा) रुकुमकोट (रुकुम) शान्तिपुर (गुल्मी) हरिपुर (सर्लाही) भण्डारा (चितवन)जोरपाटी, कोटेश्वर, महाराजगन्ज (काठमाडौं) लगायतका ९ स्थानमा शाखा स्थापना गरी बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
योसमेत बैंकको १ सय ३९ शाखा सञ्जाल ५६ जिल्लामा विस्तारित भएको छ । साथै बैंकले चालू आर्थिक वर्षमा २८ स्थानमा शाखा खोल्ने लक्ष राखेको जानकारी गराउँदै यस आर्थिक वर्षमा खोलिने शाखाहरूमा रामनगर र ठुटेपीपल (रुपन्देही), मंगलबारे (इलाम)। विलासपुर (कन्चनपुर),भालुवांग (रोल्पा), जौवारी (गोरखा), पाख्रीवास (धनकुटा),दुधौली (सिन्धुली), विराटचोक (मोरङ), बर्दिवास (महोत्तरी), वेदकोट (कन्चनपुर), तुलसीपुर (दाङ), तालचोक (कास्की), धादिङबेसी (धादिङ), सानो पोखरा (मकवानपुर), जगदुल्ला (डोल्पा), सिरीजंघा (ताप्लेजुङ), राजदेवी (रौतहट), सर्लाही पर्सा र भवानीपुर (सर्लाही), लुंग्री (रोल्पा), त्रिवेणी (बाजुरा), बागचौर (सल्यान)। छहरा (पाल्पा)। काइके (डोल्पा)। नार्फु (मनाङ)।आरुंगखोला (नवलपरासी) तथा बानेश्वर (काठमाडौं) रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्