मारुती सुजुकीको उत्पादन २ करोड नाघ्यो «

मारुती सुजुकीको उत्पादन २ करोड नाघ्यो

भारतीय सवारी उत्पादन कम्पनी मारुती सुजुकीको सवारी उतपादन २ करोड नाघेको छ । मारुती सुजुकीको गुरुग्राम र मानेसारबाट सुरुवातदेखि सवारी उत्पादन २ करोड क्रस गरेको जनाएको छ ।
कम्पनीका अनुसार उक्त उपलब्धी हासिल हुन ३४ वर्ष ६ महिना लागेको छ । कम्पनीद्वारा जारी विज्ञप्तिका अनुसार उक्त प्लान्ट १९८३ को डिसेम्बरमा स्थापना भएको थियो । भारतमा कार उत्पादन गर्ने कम्पनीहरुमा मारुती सुजुकी उक्त उपलब्धी हासिन गर्ने पहिलो कम्पनी बनेको छ ।
सवारी उत्पादन २ करोड नाघ्नु ठूलो उपलब्धी भएको मारुती सुजुकी इन्डियाका म्यानेजिङ डाइरेक्टर तथा सीइओ किनिची अयुकावाको भनाइ छ । “यो कम्पनीका लागि कोशेढुंगा हो,” किनिचीले भने, “यो उपभोक्ताले मारुती सुजुकीप्रति गरेको अपार मायाकै कारण सम्भव भएको हो ।” २ करोड सवारीमध्ये १ करोड ४३ लाख ७० हजार वटा गुरुग्रामबाट र ५६ लाख २० हजार वटा मानेसार प्लान्टबाट उत्पादन भएका हुन् । मारुती सुजुकीले १० लाख वटा सवारी सवारी उत्पादन सुरु गरेको एक दशक अर्थात् १९९४ को मार्चमा उत्पादन गर्न सफल भएको थियो ।
२००५ को अप्रिलमा पुग्दा मारुतीले ५० लाख कार उत्पादन गरेको थियो भने २०११ को मार्चमा १ करोड कार उत्पादन गर्न सफल भएको थियो । त्यसको ७ वर्षपछि मारुतीले अर्को एक करोड कार उत्पादन गर्दै २ करोड कार उत्पादनको कोशेढुंगा पार गरेको हो ।
हाल मारुती सुजुकीले भारतीय बजारमा १६ वटा मोडलका कार बिक्री गर्दै आएको छ । त्यस्तै मारुतीले युरोप, जापान, एसिया, अफ्रिकासहितका १ सय भन्दा धेरै देशमा सवारी निर्यात गर्दै आएको छ । भारतको आन्तरिक बजारमा प्यासेन्जर कार सेगमेन्टमा मारुती सुजुकीको बजार हिस्सा ५६.२१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्