जापान सरकारबाट सिरहाका जनतालाई मोबाइल कार उपहार

जापान सरकारबाट फूलकुमारी महतो मेमोरियल हस्पिटललाई सुविधा सम्पन्न मोबाइल कार उपलब्ध गराउने भएको छ । नेपालका लागि जापानका राजदुत मासाशी ओगावा र अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले एक समारोहबीच उक्त सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् । जापान सरकारले ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्र्तगत यस पटक मोबाइल कार नेपाली जनताहरूका लागि जापान सरकारको तर्फबाट उपहारस्वरुप प्रदान गरिएको हो ।
करिब ६५ लाख मुल्य बराबरको उक्त मोबाइल क्लिनिकले तराई क्षेत्रका धेरै जनताहरूलाई उनीहरूकै घरदैलोमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न सहयोग पुग्ने राजदुत ओगावाले बताए । स्वास्थ्यकर्मी सहित उक्त मोबाइल क्लिनिक विभिन्न गॉउहरूमा नियमित रुपमा गई स्वास्थ्य उपचारमा संलग्न हुने भएकोले सिरहा, धनुषा, उदयपुर र सिन्धुलीका जनताहरूले क्लिनिकबाट प्रत्यक्ष लाभ पाउने उनले बताए ।
दूरदराजका जनताहरू जसलाई अस्पतालसम्म आई उपचार गर्न गाह्रो हुन्छ, उनीहरूका लागि मोबाइल क्लिनिक बरदान सावित हुने फूलकुमारी महतो मेमोरियल हस्पिटलका अध्यक्ष डा. महतोले बताए । गांउमा सामान्य स्वास्थ्यकर्मीहरूको अभावमा आफ्नो आमाको निधन हुंदाका पीडाले गर्दा आफूले गांउमा सुविधा सम्पन्न हस्पिटलको स्थापना गरेको बताउदै हुंदै उनले अब मोबाइल क्लिनिकले अझ बढी जनताहरूलाई प्रत्यक्ष सेवागर्न सजिलो भएको बताए ।
टोय फ्याक्ट्री जापानको अवधारणा बमोजिम तयार गरीएको टोयोटा गाडीमा चिकित्सक परामर्श तथा उपचारका कक्षको ब्यवस्था गरिएको छ । साथै पोर्टेबल एक्सरे एवं ल्याब सहितको सुविधा रहने उक्त अस्पतालका प्रमुख अस्पताल प्रशासकविजय रिमालले बताए । विशेषथरी राजमार्गमा हुने दूर्घटनाका घाईतेहरूलाई तत्काल दूर्घटनास्थलमा पुगी उपचारमा संलग्न हुन सजिलो हुने बताईएको छ । टोयफ्याक्ट्री जापानका सल्लाहकार तादाहारु मियाकोशीले यसप्रकारको मोबाइल क्लिनिकको संसारभरी बढ्दो मांग रहेको र धेरै भन्दा धेरै मानिसहरू यसबाट लाभान्वित भएको बताए । नेपालमा आफूहरूले पहिलो पटक यस प्रकारको क्लिनिक ल्याउन लागेको र यसले नेपालका ग्रामीण भेगका जनताहरूलाई सहयोग पुग्ने विश्वास लिएको छ ।