चिनियाँ अर्थतन्त्रमा २५ वर्षकै सुस्त वृद्धि हुने

लचिलो अवस्थाको उपभोगका कारण यो वर्ष चिनियाँ अर्थतन्त्र अपेक्षा गरिएभन्दा तीव्र दरमा वृद्धि भए पनि आगामी वर्ष ओरालो लाग्ने चेतावनी एसियाली विकास बैंकले जारी गरेको छ ।
यो वर्ष मुख्यभूमि चीनमा वृद्धि ६.८ प्रतिशत हुने अपेक्षा गरिएको छ । यो अघिल्लो प्रक्षेपण ६.७ प्रतिशतको दाँजोमा उच्च भएको एसियाली विकास बैंक (एडीबी) ले पछिल्लो प्रक्षेपणमा जनाएको छ ।
घरधुरीले गरेको खर्च बढेसँगै यो वर्षका लागि चीनको वृद्धिको अवस्था बढाइएको छ । तर, विभिन्न समस्याका कारण आगामी वर्ष वृद्धि ओरालो लाग्ने बताइएको छ ।
अर्थतन्त्रमा नियन्त्रणको अवस्थाका कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र आगामी वर्ष ६.४ प्रतिशतले वृद्धि हुने एडीबीको म्याक्रोइकोनोमिक अनुसन्धानका निर्देशक जोसेफ भेग्लिचले बताए । यो १९९० यताकै मन्द विस्तार भएको विश्व बैंकको तथ्यांकले देखाएको छ ।
यो वर्ष बृहत् क्षेत्रको वृद्धि थोरै भए पनि राम्रो हुने बताइएको छ । अपेक्षा गरिएभन्दा मजबुत अवस्थाको निर्यात र आन्तरिक खपतले यो वर्ष विकासशील एसियाको आर्थिक वृद्धि उकालो लाग्ने एडीबीले जनाएको छ ।
विकासशील एसियाको जीडीपी वृद्धिमा ०.१ प्रतिशत बिन्दुले बढाएर ६ प्रतिशत पुर्याइएको छ । यो क्षेत्रमा चीन, हङकङ, दक्षिण कोरिया र सिंगापुरलगायत एडीबीका ४५ सदस्य छन् । तर, जापान भने यसमा समावेश छैन ।
यो राम्रो अनुमान व्यापार संरक्षणवादको त्रासका कारण सिर्जना भएको अनिश्चितताको १ वर्षपछि आएको हो ।
विकासशील एसियाका लागि आगामी वर्षको वृद्धि ५.८ प्रतिशत हुने अपेक्षा गरिएको छ ।
अमेरिकाका लागि गरिएको वृद्धि प्रक्षेपण यो वर्षका लागि २.२ प्रतिशत र अगामी वर्षका लागि २.४ प्रतिशतको अपरिवर्तनीय कायम गरिएको छ ।
एडीबीले उत्तर कोरियाको परमाणु संकटका बारेमा अनुगमन गरिरहेको यसले अहिलेसम्म कुनै आर्थिक प्रभाव नपार्ने बताइएको छ ।