नबिल बैंक र एसियन नेटबीच सम्झौता «

नबिल बैंक र एसियन नेटबीच सम्झौता

काठमाडौं-नबिल बैंकले एसियन नेट कम्पनी लिमिटेड, जापानस“ग विप्रेषणको कारोबारका लागि सहकार्य गर्न लागेको कुरा सगर्व जानकारी गराउन चाहन्छौं । यस सहकार्यको माध्यमबाट जापानमा रहेका नेपालीहरूले आफ्नो नबिल बैंकमा रहेको खातामा वा नेपालभरि जुनसुकै स्थानमा रहेका अन्य कुनै बैंक वा वित्तीय संस्थाहरूको खातामा नबिल बैंकमार्फत रकम पठाउन सक्नेछन् ।
यस व्यवस्थाबाट नबिल बैंकले आफ्ना ग्राहकहरूका लागि सुरक्षित, सस्तो र छिटो माध्यमबाट जापानबाट रकम पठाउने काम गर्नेछ । जापानको टोकियोमा आयोजित समारोहमा नबिल बैंकका चिफ बिजनेस अफिसर अनिलकुमार खनाल र एसियन नेट कम्पनी लिमिटेड, जापानका अध्यक्ष हिगासिदा शुजेनले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहका अनुसार “जापानको मार्गबाट विप्रेषणको सञ्जाललाई विस्तार गरी र जापानमा रहेका नेपालीहरूलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न पाउँदा बैंक उत्साहित भएको छ ।
यस व्यवस्थाका माध्यमबाट सञ्चालन गरिने विप्रेषण कारोबारमार्फत नबिल बैंकमा खाता रहेका ग्राहकहरूका लागि तत्कालै र अन्य बैंकहरूको हकमा एक कार्य दिनमै भुक्तानीको सेवा प्रदान गरिनेछ ।” नबिल बैंक वेष्ट्रन युनियनको नेपालमा रहेको एक मात्र प्रमुख एजेन्ट बैंक हो र यसले संसारका विभिन्न देशहरूबाट इन्वार्ड रेमिटेन्सको माध्यमबाट नेपालमा विदेशी मुद«ा भित्र्याई राष्ट्रको अर्थतन्त्रमा योगदान पुराएको छ ।

प्रतिक्रिया दिनुहोस्