क्यानडाले बोइङको फाइटर सम्झौता त्याग्ने «

क्यानडाले बोइङको फाइटर सम्झौता त्याग्ने

क्यानडाले बोइङसँगको १८ वटा नयाँ एफ-ए–१८ सुपर हर्नेट फाइटर जेट खरिद गर्ने योजना त्यागेको छ । अमेरिकासँगको व्यापार विवादका बीच क्यानडाको यो निर्णय आएको हो ।यसको सट्टा क्यानडाले प्रयोग भइसकेको पुरानो मोडल एफ-ए–१८ अस्ट्रेलियाबाट खरिद गर्ने अधिकारीले बताएका छन् । ५.२३ अर्ब डलरको सम्झौता गुमाउनु बोइङका लागि ठूलो धक्का भएको छ ।“हामीले अस्ट्रेलियाबाट औपचारिक प्रस्ताव पाएका छौं र यसको खरिद गर्ने इच्छा पनि राखेका छौं,” क्यानेडियन रक्षामन्त्री हरजित साजनले बताए ।यदि क्यानेडियन प्रतिद्वन्द्वीविरुद्ध अमेरिकी एरोस्पेस कम्पनीले लगातार व्यापार गुनासो गर्दै आएमा बोइङसँगको कारोबार रोक्ने प्रधानमन्त्री जस्टिन ट्रुडेउको चेतावनी दिएका छन् । यस कदमलाई यसैको एउटा अंशका रूपमा हेरिएको छ ।
बोइङले बमबार्डियरमाथि आफ्नो सी सिरिजको विमान डेल्टालाई न्यून मूल्यमा बिक्री गर्न लागेको आरोप लगाउँदै आएको थियो । अमेरिकी वाणिज्य विभागले अक्टोबरमा सी सिरिजको विमानको आयातमा प्रारम्भिक भन्सार लगाएको थियो । योसहित बमबार्डियरमाथिको कर कुल ३ सय प्रतिशत पुगेको छ । बमबार्डियरले भने आफू पक्षपातपूर्ण व्यापार अभ्यासमा लागेको विषय अस्वीकार गर्दै आएको छ । भन्सारमाथिको अन्तिम निर्णय फेब्रुअरीमा लिइने भएको छ ।
१८ लडाकु जेटको खरिद योजना त्याग्ने क्यानेडियन सरकारको निर्णयको सम्मान गर्ने बोइङले विज्ञप्तिमार्फत जनाएको छ ।
“हाम्रो आपूर्ति आधार बढाउने अवसर हामीलाई नभए पनि क्यानडासँगको औद्योगिक साझेदारी र रोजगारीलाई क्यानडाले नयाँ सुपर हर्नेट खरिद गरेको अवस्थामा निरन्तता दिन सकिनेछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्