हङकङको कार्यालय भाडा विश्वकै महँगो «

हङकङको कार्यालय भाडा विश्वकै महँगो

हङकङ – झन्डै ७० लाख जनसंख्या भएको हङकङमा थप मानिसलाई बसोबास गराउनका लागि ठाउँ नभएका कारण कार्यालयका लागि लिइने ठाउँको भाडा विश्वकै महँगो भएको छ । हाल मुख्यभूमि चीनमा कम्पनीहरू पनि हङकङतर्फ आउनाले पहिले नै महँगो यो ठाउँ झनै महँगो भएको छ ।
सहरको केन्द्रीय जिल्ला हालै मात्र लगातार तेस्रो वर्षमा विश्वकै महँगो भएको व्यापारिक प्रयोजनको रियलइस्टेट फर्म सीबीआरईले जनाएको छ ।
“कम उपलब्धतासँगै राम्रो मागका कारण केन्द्रीय व्यावसायिक जिल्लामा रहेको कार्यालय प्रयोजनको स्थान थप महँगो भएको छ ,” सीबीआरईको क्षेत्रीय प्रबन्ध निर्देशक टम गाफनीले बताए ।
हाल हङकङको सेन्ट्रलमा कार्यालय प्रयोजनको ठाउँको भाडा प्रतिवर्गफिट प्रतिवर्ष ३०६ अमेरिकी डलर पर्छ । लन्डनको वेस्ट इन्डमा सामान क्षेत्रफल र समान समयका लागि २३५ डलर पर्छ ।
“नयाँ कार्यालयको उपलब्धताको अभावमा सीबीडीले आगामी केही वर्षका लागि सीमित पारेको छ । यसले पनि हङकङलाई विश्वकै महँगो हुनका लागि होस्टेमा हैस्टे गरेको छ,” गाफनीले बताए ।
प्राइम कार्यालयको मागका लागि बैंकिङ र फाइनान्सहरू प्रमुख भएका छन् ।
मुख्यभूमि चीनका फर्महरू विशेष गरी बैंकले सेन्ट्रल जिल्लालाई आफ्नो कार्यालय राख्नका लागि छनौट गर्दै आएको गाफिनीले बताए । दोस्रो त्रैमासिक अवधिमा कैयौं ठूलो कारोबार सम्पन्न पनि भएको गाफिनीले बताए ।
सेन्ट्रल हङकङमा लोकप्रिय भ्याकेन्सी दर १ प्रतिशत मात्रै रहेको छ ।
हङकङको सेन्ट्रल जिल्ला ठूला क्षेत्रीय केन्द्रहरूको रोजाइमा पर्ने गरेका छन् । यसमा एचएसबीसी र जे पी मोर्गानलगायतले आफ्नो कार्यालय राखेका छन् ।
गोल्डम्यान स्याक्सले भने आफ्नो पछिल्लो स्थानमा रहेको कार्यालयललाई हङकङको अन्य भागमा सार्ने योजना बनाएको एससीइएमपीले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्