चीनले अमेरिकासँग बदला लिने ६ उपाय «

चीनले अमेरिकासँग बदला लिने ६ उपाय

बेइजिङ-अमेरिकाले चीनसँगको व्यापार युद्ध विस्तार गर्ने चेतावनी दिँदै आएको छ । उसले जुलाई ६ मा ३४ अर्ब डलरको चिनियाँ सामानमा भन्सार लगाइसकेको छ र भन्सार लगाउन सकिने २०० अर्ब डलरका अतिरिक्त उत्पादनको सूची पनि तयार पारेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५०० अर्ब डलरको चिनियाँ सामानमा भन्सार लगाउने चेतावनी समेत दिएका छन् । यो चीनले अमेरिकामा गर्ने पुरै निर्यात बराबर हो ।
अमेरिकाले चीनमा बिक्री गर्ने भन्दा चीनबाट चार गुणा बढी सामग्री आयात गर्दै आएको छ । चीनले व्यापारबाट अमेरिकासँग बदला लिने सीमित माध्यम मात्रै छ । यस्तो अवस्थामा अमेरिकासँग बदला लिनका लागि चीनले यी उपायहरु प्रयोग गर्न सक्छ ।
१.अमेरिकी कम्पनीबिरुद्धको कदम उठाउन सक्ने
अमेरिकी फर्महरुले चीनमा आन्तरिक रुपमा ३०० अर्ब डलरको बिक्री सिर्जना गर्दै आएका छन् । यो सम्भावित निशानामा पर्न सक्ने क्यापिटल इकोनोमिक्सका जुलियन इभान्स–प्रिचार्डले बताएकी छन् । चीनमा व्यापक बिक्री र सञ्चालन गर्दै आएको एप्पलतर्फ उनले यस्तो संकेत गरेकी हुन् ।
चीनले अमेरिकी कम्पनीलाई भन्सार क्लेरेन्समा ढिलाई गरेर कठिन अवस्थाको सिर्जना गर्न सक्छ । अमेरिकी कम्पनीहरुले आफ्नो सेवा क्षेत्र खुला गर्नका लागि चिनियाँ प्रयासबाट अन्य समकक्षि युरोप र जापानको तुलनामा कम लाभ लिन सक्ने जुलिया वाङले बताइन् ।
चीनले राम्रो अवस्थामा नरहेका अमेरिकी कम्पनीहरुलाई रोज्न सक्ने र उनीहरुमाथि सबै प्रकारका नियामक रेड टेप प्रयोग गरेर बोझ हाल्न सक्ने पिटरसन इन्सटिच्यूटका ग्यारी हफबौऔरले बताए ।

२. अमेरिकामा चिनियाँ पर्यटकलाई रोकेर
चीनसँग अमेरिकाको विशाल व्यापार घाटा भएपनि अमेरिकाले चीनमा आपूmले किन्ने भन्दा बढी सेवा बिक्री गर्दै आएको छ । २०१६ मा सेवाको क्षेत्रमा चीनसँग अमेरिकाको सेवा व्यापार बचत ३८ अर्ब डलरको थियो ।
२०१६ मा १३ करोड भन्दा बढी मानिसले अमेरिका भ्रमण गरेका थिए । उक्त वर्ष चिनियाँ पर्यटकले अमेरिका भ्रमणमा २६० अर्ब डलर खर्च गरेका थिए । त्यसैले चीनले अमेरिकातर्फको पर्यटनमा प्रतिबन्ध लगाउन सक्छ । चीनले यस किसिमको कदम उठानउ सक्ने यो पहिलो पटक भने पक्कै पनि होइन । गत वर्ष चीनले दक्षिण कोरियातर्फको बिक्री प्याकेजमा पनि प्रतिबन्ध लगाएको थियो ।
यद्यपी केहीले यो कदम स्वयं चीनका लागि पनि बेफाइदाजनक हुन सक्ने बताएका छन् ।

३. मुद्रा अवमूल्यन गरेर
युआनको मूल्यांकनमा अवमूल्यन गरेर पनि चीनले बदला लिन सक्छ । यसले चिनियाँ सामग्री आयत गर्ने अन्य मुलुकका लागि चिनियाँ सामान सस्तो हुने र चिनियाँ निर्यातलाई सहयोग पुग्न सक्ने अपेक्षा गरिएको छ । यसले अमेरिकी भन्सारबाट बढेको मूल्यमा राहत दिन सक्छ ।

४. अमेरिकी ऋणपत्र बिक्री गरेर
चीनले १० खर्ब डलरको अमेरिकी सरकारी ऋणपत्रको स्वामित्व लिएको छ । यसले अमेरिकी अर्थतन्त्रमा बेइजिङको प्रभाव रहन सक्ने चिन्ता केहीले व्यक्त गरेका छन् । तर यदी चीनले ठूलो परिमाणमा अमेरिकी ऋणपत्र बिक्री ग¥यो भने यसले चीनलाईनै हानी पुग्न सक्छ । तर कसरी ? यसले चीनले लिइरहेको सम्पत्तिको मूल्य पनि ओरालो लाग्न सक्छ । यो अन्यत्र जान सक्छ । यसको अमेरिकामा पर्न सक्ने प्रभाव पनि सीमित हुन सक्छ । चीनले बिक्री गर्ने अमेरिकी ऋणपत्र अन्य मुलुकले खरिद गर्ने भएकाले अमेरिकामाथि यसको प्रभाव सीमित हुन सक्छ ।

५. कोरिया वार्ता
उत्तर कोरियालाई परमाणु निसस्त्रीकरण गर्ने अमेरिकी प्रयासमा चीनले हस्तक्षेप गर्दै आएको ट्रम्पले बताउदै आएका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उनले आपूmसँग भएको सम्झौताको सम्मान गर्ने विश्वास ट्रम्पले हालैमात्र ट्वीटमार्फत् व्यक्त गरेका थिए । तर उत्तर कोरिया चीनको घनिष्ठ मित्र रहदै आएकाले परमाणु निसस्त्रीरकणको प्रयासमा चीनले भाझी हाल्न सक्ने छ ।

६.आन्तरिक अर्थतन्त्रमा केन्द्रीत भएर
कठिन समयमा अर्थतन्त्रलाई वृद्धि उन्मुख राख्नका लागि आफ्नै विधि प्रयोग गरेर चीनले आन्तरिक वृद्धिमा केन्द्रीत गर्न सक्छ । चीनले अन्य मुलुकसँग व्यापार र लगानी सम्बन्ध विस्तार गरेर पनि अमेरिकालाई मुतोड जवाफ दिन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्