स्प्राइट रिफ्रेस बनायो, रिचार्ज गरायो अफर «

स्प्राइट रिफ्रेस बनायो, रिचार्ज गरायो अफर

काठमाडौं-यस गर्मीमा धेरैभन्दा धेरै ग्राहकहरु माझ पुगेर रिफ्रेसमेन्ट दिन कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राईटको ‘रिफ्रेस एन्ड रिचार्ज’ नामक अफर सार्वजनिक गरेको छ । ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टाको खरिद गरी यो योजनामा सहभागी हुन सक्नेछन् । यो योजनामा ग्राहकले रु १० देखि ५ हजारसम्मको रिचार्ज प्राप्त गर्न सक्नेछन् । यो योजनाभरिमा ग्राहकहरुले ४ करोड रुपैयाँबराबरको रिचार्ज जित्न सक्ने भन्दै कम्पनीले उक्त अफरको ट्याग लाइन ‘रिफ्रेस बनायो, रिर्चाज गरायो’ भन्ने नारासहित ल्याएको जनाएको छ ।
स्प्राइटले रिफ्रेर्समात्र गराउँदैन,फोनसमेत रिचार्ज गराउँछ भनेर उक्त ट्याग लाइनले सार्थक पार्छ, कम्पनीले दाबी गरेको छ । यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा खरिद गरी लेबल पछाडिको युनिक कोडलाई टाइप गरी ३६७६८ मा एसएमएस गर्नुपर्नेछ । यो योजना भदाौ १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्