घरेलुद्वारा २८ लाख राजस्व «

घरेलुद्वारा २८ लाख राजस्व

अछाम – घरेलु तथा साना उद्योग विकास समिति अछामले गत आर्थिक वर्ष (२०७४-७५) करिब २८ लाख राजस्व संकलन गरेको छ । वर्षभर वाणिज्य र उद्योगतर्फ गरी जम्मा २७ लाख ८४ हजार २ सय ७२ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । कार्यालयमा गत वर्ष २ सय ५७ वटा वाणिज्य तर्फका फर्म दर्तामार्फत २३ लाख २ हजार, उद्योग तर्फ ५४ वटा नयाँ दर्ता र नवीकरण गरी ४ लाख ५३ हजार ३ सय १० र अन्य २८ हजार ९ सय ६२ गरि उक्त परिणामको राजस्व असुली भएको उद्योग अधिकृत रामचन्द्र सुवेदीले बताए । कार्यालयमा गत आर्थिक वर्षमा १९ वटा लघुउद्यम पनि दर्ता भएका छन् ।
समितिको अछाम कार्यालयमा २ हजार ४ सय ७७ वाणिज्य फर्म, ८ सय ६२ वटा उद्योग र २५ वटा लघुउद्यम गरी ३ हजार ३ सय ६४ फर्म तथा उद्योग दर्ता भएका छन् । मदिरा फर्म, किराना तथा होलसेल पसल, कपडा पसल, जुत्ता पसल आदि वाणिज्य तर्फ, सेवामुलक तथा उत्पादनमुलक मझौला प्रकृतिका अल्लो उद्योग, हाते कागज उद्योग, होटेल, मिल आदि उद्योग अन्र्तगत र स्थानीय श्रोत साधनको प्रयोग गरि सञ्चालन हुने परम्परागत आरन, बाँस निगालाको कार्यलगायतका लघु उद्यमअन्तर्गत दर्ता हुने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्