रावा बैंकको रक्तदान «

रावा बैंकको रक्तदान

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो २९ औ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संघका पूर्वअध्यक्ष एवं रक्तदाता शिवकुमार अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे । संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रममा ९० जना रक्तदाताहरूले रक्तदान गरेका थियो ।
संघका अध्यक्ष हेमराज सुवेदीले रक्तदाताहरूलाई संघको लागो अंकित टोपी हस्तान्तरण गरेका थियो भने कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मीप्रसाद पाण्डेयले गरेका थिए । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल नियमित रूपमा संस्थाको सम्बद्र्धनका अतिरिक्त कर्मचारीहरूको पेसागत हक हितको सवालमा जोडदार रूपमा आवाज उठाउँदै आइरहेको रावा बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो ।

 

प्रतिक्रिया दिनुहोस्