नबिल म्युचुअल दुई योजनाको बुक क्लोजको मिति तय «

नबिल म्युचुअल दुई योजनाको बुक क्लोजको मिति तय

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डले प्रस्ताव गरेको प्रतिफलका लागि भदौ २५ गते बुक क्लोज गर्ने भएका छन् ।
दुवै योजनाले आर्थिक वर्ष २०७६-०७७ को प्रतिफल घोषणा गरेका हुन् । योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको भदौ १० गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड २ का इकाईधनीहरुलाई ९ प्रतिशत र नबिल इक्वीटी फण्डका इकाईधनीहरुलाई ले ६ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।
बुक क्लोजको आधारमा भदौ २४ गतेसम्म कारोबार भई कायम भएका इकाईधनीहरु मात्र दुवै योजनाको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् । यी योजनाहरुले भदौ ११ गते प्रतिफल सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्