रेनो सर्भिस क्याम्प अब तपाईंको सहरमा

रेनो नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले आफ्नो उपभोक्ताको सुबिधाका लागि ‘रेनो सर्भिस क्याम्प’ मंसिर २६ गतेदेखि सञ्चालनमा ल्याएको छ । यो सर्भिस क्याम्प पुस २० गतेसम्म नेपालका विभिन्न सहरहरूमा आयोजना हुनेछ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् । रेनोले यो सर्भिस क्याम्पको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ राखेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुविधा दिनेछ । यसबाट बिक्रीपछिको सेवामा रेनोको उपस्थिति बलियो हुने विश्वास कम्पनीले लिएको छ ।
यो सर्भिस क्याम्प नेपालका मुख्य सहरहरूमा सञ्चालन हुनेछ । जसमा शाहारा अटोमोबाइल्स एन्ड कम्पनी बिर्तामोड झापामा २६ र २७ गते, महाबिर अटोमोबाइल्स विराटनगर (मंसिर २८ र २९), न्यू–नारायणी मोर्टस् जनकपुर (पुस २), युनाइटेड अटो कन्र्सन नारायणगढ (पुस ४ र ५), जुपिटर ह्वल्स बुटबल (पुसा ७ र ८), भैरहवा अटो कम्पनी भैरहवा (पुस ९ र १०), जोशी अटो भिल्ला दाङ (पुस १२), बगेश्वरी ट्रेड इन्टरनेशनल, नेपालगन्ज (पुस १४), विषेश माटोकर्प धनगढी (पुस १६) र जोन्छेन ट्रेर्डस पोखरा (पुस १९ र २०) सञ्चालन हुनेछ । यो सर्भिस क्याम्पमा सहभागी हुने ग्राहकले बिभिन्न छुटका सुविधाहरू पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जीएम रिफिलिङ निःशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निःशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निःशुल्क दिइनेछ ।