अशोक लेल्यान्डको ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’

अशोक लेल्यान्ड गाडीको नेपालका लागि आधिकारिक बितरक आईएमई मोटर्सले मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर ल्याएको छ । देशभर आफ्ना १३ आउटलेट्समा लागू हुने गरी यो योजना ल्याएको कम्पनीले जवनाएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५ प्रतिशत छुट, १० प्रतिशत ल्युबमा, ३० प्रतिशत लेबर श्ुाल्क साथै ३० प्रतिश्त च्यासिस ग्रीजिंगमा उपलब्ध गराउने कम्पनीले बताएको छ ।
फ्रि चेकअप क्याम्प दौरान ग्राहकहरूले आकर्षक उपहारका साथै सुरक्षित ड्राइभिङसम्बन्धी जानकारी लिन सक्नेछन् । यी अफरहरू साथै निःशुल्क वासिङ, ४५ चेक पोइट्स तथा बम्परदेखि बम्पर चेकअपसहित अन्य फाइदाहरू हुनेछन् । यस योजना अशोक लेल्यान्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलका सबै मोडलमा लागू हुनेछ ।
यो योजना देशभर साउन २ गतेदेखि ११ गतेसम्ममात्र लागू हुनेछ । आईएमई मोटर्सले ग्राहकको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजनामार्फत पनि ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
आईएमई मोटसका अध्यक्ष चन्द्रप्रसाद ढकालले मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर देशभर एकैपटक लागु गरि उपभोक्तालाई राहत दिन चाहेको बताए । अशोक लेल्यान्डका कर्मसियल भेइकल्सहरू नेपालको देश विकासमा कोसेढुंगा भएकाले यस्ता सवारीका लागि आवश्यक सेवा पुराउनु कम्पनीको दायित्वसमेत भएको उनको भनाइ छ । ३ वर्षको अन्तरालमा यस आइएमइ मोटर्सले देशभर १३ वटा आउटलेट खोलेर ग्राहकहरूलाई सेवा प्रदान गर्न सफलमात्र नभई उक्त गाडीहरूका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि पर्याप्त गराएको ढकालले बताए ।