सगरमाथा इन्स्योरेन्सको बिमा शुल्क बढ्यो «

सगरमाथा इन्स्योरेन्सको बिमा शुल्क बढ्यो

सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले बिमा शुल्क संकलनमा वृद्धि गर्दै आव ०७४/७५ मा १ अर्ब ८३ करोड ३९ लाख बिमा शुल्क संकलन गरेको छ । यस्तै, सोही अवधिमा बिमा दाबीतर्फ पनि १ अर्ब १८ करोड दाबी भुक्तानी गरिसकेको जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले दिए ।
‘सानो होस् वा ठूलो सुरक्षण सबैको’ भन्ने प्रमुख नारा लिएर स्थापित यस कम्पनीले स्थापनाको २३ औं वर्ष प्रवेश गर्दा ५७ वटा कार्यालयमार्फत आफ्नो सेवा दिँदै आएको छ । नयाँ बिमालेख र प्रडक्टलाई जनमानसमा ल्याउने उक्त कम्पनीले यसै आर्थिक वर्षमा इनोभेटिभ प्रडक्टका लागि एसियन इमर्जिङ इनोभेटिभ प्रडक्टतर्फ पुरस्कृत भएको छ ।
कम्पनीले ल्याएको भीआईपी कार्यक्रमका लागि उक्त पुरस्कार प्रदान गरिएको थियो । हालसम्म उक्त कम्पनीले आफ्ना लगानी कर्जाहरुलाई नेपाली बिमा क्षेत्रमै सबैभन्दा बढी लगानीको ८३१.५७ प्रतिशत प्रतिफल दिइसकेको छ भने दाबी भुक्तानीतर्फ पनि आफूलाई अब्बल स्थानमा राख्न सफल भएको क्षेत्रीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्