५६ आस्बा सदस्यको अनुमति नवीकरण «

५६ आस्बा सदस्यको अनुमति नवीकरण

एप्लीकेसन सर्पोटेड वाइ ब्लक्ड अमाउन्ट (आस्बा) प्रणालीको सदस्य कम्पनीमध्ये ५६ कम्पनीले अनुमतिपत्र नवीकरण गरेका छन् । चालू आर्थिक वर्षमा पनि सेयर आस्बाको काम गर्न ति कम्पनीले सदस्यता नवीकरण गरेका हुन् ।
धितोपत्र खरिदसम्बन्धी निर्देशिका, २०७३ अनुसार धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न प्रदान गरिएको अनुमति एक आर्थिक वर्षको लागि बहाल रहने व्यवस्था छ । यस्तो अनुमति प्रत्येक वर्ष नवीकरण गराउनुपर्ने व्यवस्थाअनुसार आर्थिक वर्ष २०७५-०७६ को लागि ५६ बैंक वित्तीय संस्थाले अनुमति नवीकरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
नवीकरण गर्ने कम्पनीहरूमा देवः विकास बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक, सिभिल बैंक, नबिल बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक, हिमालयन बैंक, आईसीएफसी फाइनान्स, गुह्ेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स, गरिमा विकास बैंक, जनता बैंक, राष्ट्रिय बाणिज्य बैंक, तिनाउ विकास बैंक, कुमारी बैंक, सेञ्चुरी कमर्सियल बैंक, सन्राइज बैंक, कैलाश विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बगंलादेश बैंक, एनएमबि बैंक, मेगा बैंक नेपाल, लुम्बिनी विकास बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइननान्स, युनाइटेड फाइनान्स, गोर्खाज फाइनान्स, पूर्णिमा विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, जेबिल्स फाईनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन् ।
यस्तै, महालक्ष्मी विकास बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, ओम डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, कञ्चन डेभलपमेन्ट बैंक, नेपाल बैंक, हाम्रो विकास बैंक, कन्काई विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, लक्ष्मी बैंक, मञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल, सांग्रिला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सानिमा बैंक, सिर्जना फाइनान्स, बैंक अफ काठमाण्डू र गण्डकी विकास बैंक रहेका छन् ।
आठ अंकले घट्यो नेप्से
आर्थिक वर्षको पहिलो दिन सेयर बजार आज ८ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक ८.०५ अंकले घटेर १ हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १.५८ विन्दुले घटेर २५३.६२ विन्दुमा आइपुगेको छ । कुल १५२ कम्पनीको ५ लाख १४ हजार १ सय ६१ कित्ता सेयर २० करोड ६० लाख ८८ हजार १३१ मूल्यमा खरिद बिक्री भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्