सानिमा लाइफ र नागरिक कम्युनिटी हस्पिटलबीच सम्झौता

सानिमा लाइफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको सरल सुलभ उपचारका लागि भक्तपुर गठ्ठाघर अवस्थित भक्तपुर जिल्लाकै ठूलो नागरिक कम्युनिटी टिचिङ हस्पिटलसँग सम्झौता भएको छ । जीवन बिमाका लागि ग्राहकहरूको पूर्वस्वास्थ्य परीक्षण अब नागरिक कम्युनिटी टिचिङ हस्पिटलले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गर्ने जनाएको छ ।
नागरिक कम्युनिटी टिचिङ हस्पिटल गठ्ठाघरमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट प्रवन्ध सञ्चालक नगेन्द्र झा र सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा कम्पनीका वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ र प्रबन्धक उषा खतिवडासमेतको उपस्थिति थियो ।