ओपोद्वारा युके प्रवेशको घोषणा «

ओपोद्वारा युके प्रवेशको घोषणा

सेल्फी एक्स्पर्ट एन्ड लिडर, ओपोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यूकैस्थित बौद्धिक सम्पत्ति कार्यालय र यूरोपियन यूनियनको ईयूआईपीओ दुवैमा गरी ओपोले ४० नयाँ स्मार्टफोनका मोडल्स दर्ता गरेको बताइएको छ । यी स्मार्टफोन मोडल्स ओपो ए, ओपो एएक्स, ओपो एफएक्स, ओपो आर, ओपो आरएक्स र ओपो यूएक्स गरी ६ भिन्न स्मार्टफोन लाइन्सअन्तर्गतका हुन् ।
ओपोले दर्ता गराएका अधिकांश नामहरु हाल सम्म प्रयोग नगरिएका तथा भविष्यमा सार्वजनिक गरिने सम्भावनासहितका उपकरणहरु रहेको अनुमान गरिएको छ । ओपोले समग्र महादेश र यूकेमा आफ्नो ब्रान्डिङ रणनीतिको निरन्तर्तालाई सोचमा राखी फ्यूचर जेनेरेसन्समा आधारित उपकरणहरु दर्ता गरेको देखिन्छ । यूकेमा आफ्नो ट्रेडमार्क दर्ता गरे देखिनै त्यहाँ आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने योजनाका बारेमा कम्पनीले घोषणा गरेको थियो । फोन कहिलेदेखि सार्वजनिक हुने भन्ने निश्चित मितिको घोषणा भने अझै हुन बाँकी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्