इक्यानद्वारा १२ औ बृहत् शैक्षिक मेला

काठमाडौं-नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले साउन ३ देखि ६ गतेसम्म बृहत् शैक्षिक मेलाको अयोजना गर्ने भएको छ ।
सो मेलाको उद्घाटनमा न्युजिल्यान्ड, अष्ट्रेलिया, भारत, रुस, बेलायत, जापानलगायत अन्य कूटनीतिक नियोगका राजदूतहरू तथा कर्मचारीको उपस्थिति रहने संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । मेलामा २ सय २६ स्टल तथा १७ पेभिलियनहरूका साथ आयोजना हुनेछ । यस मेलाका विशेषताहरूमा एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकको शिक्षा प्रणाली र अवरका विषयमा जानकारी दिइने जनाइएको छ । मेलामा विशेषगरी अमेरिका, क्यान्डा, श्रीलंका, डेनमार्क, न्युजिल्यान्ड, अष्ट्रेलिया, भारत, रुस, बेलायत, जापानलगायतका देशका विश्वविद्यालयको शैक्षिक परामर्श लिन सकिनेछ । मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने जनाइएको छ ।
यो मेलामा वैदेशिक अध्ययानमा जाने हरेक विद्यार्थी तथा अभिभावका लागि अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नवीनतम जानकारी, विभिन्न देशको शैक्षिक नीति, सहनसहन, हावापानी र शुल्कका सम्बन्धलगायतका अन्य विषयमा जानकारी लिनसक्ने आयोजनकले बताएका छन् ।