एनआईसी एसियाकोे एकैसाथ दुइटा शाखारहित बैंकिङ सेवा «

एनआईसी एसियाकोे एकैसाथ दुइटा शाखारहित बैंकिङ सेवा

एनआईसी एसिया बैंकले सहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्ने क्रममा तनहु जिल्ला, शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा र व्यास नगरपालिकाको कलेस्तीमा आफ्नो चौधौ र पन्ध्रौ शाखारहित बैंकिङ सेवा आइतबारबाट सञ्चालनमा ल्याएको छ ।
बैंकले शुक्लागण्डकी नगरपालिकाको साँखे बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन शुक्ला गण्डकी नगरपालिका–१० का वडा अध्यक्ष रामचन्द्र भण्डारी र वडा नं. ११ का वडा अध्यक्ष दलबहादुर थापाले संयुक्त रूपमा गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रूपमा बैंकले मानबहादुर श्रेष्ठलाई नियुक्त गरेको पनि बैंकले जनाएको छ । यसैगरी बैंकले व्यास नगरपालिकाको कलेस्तीमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन सोही नगरपालिका–७ का वडा अध्यक्ष सतिशचन्द्र न्यौपानेद्वारा भयो र उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि बैंकले प्रतिनिधिको रूपमा सिकन्दर गुरुङलाई नियुक्त गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्