ओप्पोद्वारा एफफाइभ सिक्स जीबी रेड एडिसन सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रूपमा स्थापित गरेको ओपोले एफफाइभ अन्तर्गत नै पूर्ण नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी पावरफूल रेड (रातो) रंगमा सार्वजनिक गरेको छ । ओप्पोले आफ्ना उपभोक्ताहरू विशेष गरी युवा पुस्तालाई छनोटको थप अवसर उपलब्ध गराउने सोचका साथ केही समय अगाडि मात्रै एफफाइभ सिक्स जीबीको ब्लयाक एडिसन र एफफाइभ युथ पनि सार्वजनिक गरिसकेको छ । नेपाली बजारमा ओप्पोले छोटो समयमा नै फेसनेवल, स्टाइलिस फोन निर्माताका रुपमा आफ्नो परिचत स्थापित गरी सकेको छ । ओपो एफफाइभ सिक्स जीबी रेड एडिसनका बारेमा बाल्दै ओप्पो नेपालका सीईओ बबी झाओले भने, “हाम्रो नयाँ फ्ल्यागसिप मोडल ओप्पो एफफाइभका लागि प्राप्त साथ, सहयोग र मायाका लागि हामी आदर्णीय उपभोक्ता तथा समग्र सरोकारवालाप्रति कृतज्ञ छौं । प्राप्त प्रतिक्रियाले हामीलाई नेपाली उपभोक्ताका लागि अझ उत्कृष्ट उत्पादनहरू पस्कँदै जाने प्रेरणा मिलेको छ । यही क्रममा गत साता मात्रै हामीले एफफाइभ सिक्स जीबीको ब्ल्याक एडिसन र एफफाएभ युथ पनि बजारमा उपलब्ध गराइसकेका छौं । यिनका लागि प्राप्त प्रतिक्रियाले हामीलाई थप एडिसन तपाईंहरू सामु उपलब्ध गराउन हौसला मिलेको छ । आज सार्वजनिक नयाँ एफफाइभ सिक्स जीबी रेड एडिसनका लागि पनि त्यस्तै माया, साथ र सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।’
ओपो एफफाइभ सिक्स जीबी फेसनेवल रातो रंगमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी याम र ६४ जीबी रोमसहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको छ । पर्याप्त सञ्चय क्षमता भएको ओपो एफफाइभ सिक्स जीबीले प्रयोगकर्तालाई सहज अनुभूति प्रदान गर्नुका साथै स्टाइलिस तथा फेसनेवल रातो रंगले उपभोक्तालाई सँधै फेसनेवल बेष्ट देखाउन सघाउने कम्पनीको दाबी छ ।