Logo

कर्णालीका उत्पादन कर्णाली राजमार्गमा नै पाइने

कर्णालीमा उत्पादन हुने कृषि उपजका वस्तुहरूको वस्तुहरू अब कर्णाली राजमार्गमा नै पाइने भएका छन् । कर्णालीका स्थानीय उत्पादन बजारीकरणमा समस्या भएपछि कालिकोटको तिलागुफा नगरपालिकाले कर्णालीमा अत्पादन हुने कृषि तथा खाद्य वस्तुलाई कर्णालीमा राजमार्ग नै पाउनका लागि कोसेली घर सञ्चालन गर्ने भएको हो ।
कर्णालीमा उत्पादन हुने कृषि वस्तु तथा खाद्य बालीहरू फापर, आलु, स्याउ, ओखर, चिनो, कागुनो, रातो मार्सी धान, जडिबुटीबाट बनेका वस्तुहरू, तिला कर्णालीका आसला माछाको सुकुटी लगाएतका खाद्यान्नको सहज उपलब्धताका लागि कर्णाली राजमार्गका बिभिन्न स्थानमा कोसेली घर स्थापना हुने भएका छ । कृषि उपजका वस्तु बजारीकरण गर्नका लागि कर्णाली राजमार्गमा तिलागुफा नगरपालिकाले कोसेली घर स्थापना गर्ने अभियान नै थालेका हो ।
स्थानीयस्तरमा उत्पादन हुने वस्तुहरूको बजारीकरण गर्नका लागि तिलागुफा नगरपालिका बिभिन्न ठाउँहरूमा कोसेली घर स्थापना गर्न लागिएको यसले युवाहरूलाई रोजगारीको अवसर सृजनाका गर्नुको साथै कर्णालीका कृषि तथा खाद्य वस्तुहरू उत्पादन बृद्धि गर्ने उद्देश्य नगरपालिकाले राखेको छ ।
कर्णालीमा उत्पादन हुने फापर, आलु, स्याउ, ओखर, चिनो, कागुनो, रातो मार्सी धान, जडिबुटीबाट बनेका वस्तुहरू, तिला कर्णालीका आसला माछाको सुकुटी कोसेली घरमा राखेर बिक्रि गर्ने तयारी थालिएको तिलागुफा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोबिन्द्रप्रसाद पाण्डे पाण्डेले बताए । “कर्णालीमा उत्पादन हुने स्थानीय बालीको बजारीकरण गर्नका लागि कोसेलीको घरको स्थापना गर्न थालेका छौं ।” उनले भने,“कर्णाली उत्पादन हुने वस्तुको बजारीकरणबाट राम्रो फाइदा लिन सकिन्छ ।”
कर्णालीमा उत्पादन हुने वस्तुका बजारमा राम्रो माग भएपनि त्यसको बजारीकरण नहुदाँ समस्या भएको र त्यसको बजारीकरणका लागि कर्णाली राजमार्ग छेउँछाउमा कोसेली घर स्थापना गरेर बाहिरबाट आउने पर्यटक बिक्रि वितरणका लागि सजिलो होस भनेर राजमार्गमा नै कोसेली घर स्थापना गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पाण्डेले बताए । “कर्णालीमा उत्पादन हुने वस्तुको माग निकै बढेको छ ।” उनले भने,“कर्णालीमा उत्पादन हुने कृषि वस्तु सहजैले अरुले बिक्रि वितरण गर्न पाओस भनेर राजमार्गको छेउँछाउमा कोसेली घर स्थापना गर्न लागिएको हो ।”
कर्णालीमा उत्पादन हुने वस्तुहरू कोसेली घरमा राखिने, सस्तो मुल्यमा नै ती वस्तु बाहिरबाट आउने पर्यटकहले किन्न सकोस भनेर राजमार्ग नजिकै स्थापना गर्न लागिएको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । “कर्णालीका वस्तुहरू पाइने कोसेली घर स्थापना भएपछि युवाहरूले रोजगारी र यहाँ उत्पादन हुने वस्तुहरूले मुल्य पनि पाउने छन्,” उनले भने, “यहाँ उत्पादन हुने वस्तुको बजारीकरण नहुँदा समस्या भएको छ ।”

रमेश रावल

प्रतिक्रिया दिनुहोस्